सडक भरपर्दो बनाउन भेरिकरिडोर प्रतिबद्ध ताकेता गर्दै जिल्ला प्रशासन स्थानीयको चासो बढ्दै

जैतुन अनलाइन | 2024-03-31

चैत १८,

डोल्पा : डोल्पाली जनताको लाईफ लाईनको रुपमा हेरिएको सडक खण्ड भेरी करिडोरको गतिविधिबारे जिल्ला प्रशासन कार्यालय डोल्पामा जिल्ला स्थित सरोकारवाला निकाय बिच छलफल भएको छ । बर्खा लाग्न सुरु भएसंगै भेरी करिडोर सडक खण्डमा आउने समस्या बारे पुर्व तयारी सडक मर्मतसम्भार पुलहरु निर्माणका गतिविधि सम्बन्धी छलफल गरिएको हो ।

भेरी करिडोरका जाजरकोट डोल्पा सडक खण्ड भित्रमा रोकिएका सडक र पुल निमार्णका अधुरा कामहरु तत्काल सुचारु गर्न डोल्पाका प्रमुख जिल्ला अधिकारी तलसी प्रसाद दाहालले निर्देशन दिएका छन । तल्लुबगर स्थित निर्माणधीन बेलीब्रिजको काम सुचारु गर्न, रुपगार्ड खोलाको बेलीब्रीज निर्माण कार्य तत्काल सुरु गर्न, बर्खाको समयमा बाढिका कारण अबरुद्ध हुने खोलाहरुमा नियामीत मालबहाक सवारी साधन सजिलै आवतजावत हुने गरि मर्मतसम्भार गर्न भेरी करिडोर कार्यालय र सम्बन्धीत ठेकेदारलाई प्रमुख जिल्ला अधिकारी दाहालले निर्देशन दिएका हुन । डोल्पा स्थित राजनितिक दल, उधोग बाणिज्य संघ, नागरिक समाज, पत्रकार लगाएतका निकाय समग्र डोल्पाको विकासमा सकरात्मक भुमिका खेलेको प्रति प्रजिअ दाहालले धन्यवाद व्यक्त गरे । जिल्लामा सुशासन र समृद्धिको लागि प्रजिअ दाहालले रचनात्मक सुझाव दिईरहन आग्रह गरेका छन ।

भेरी करिडोरमा पर्ने तल्लुबगर स्थित निर्माणधीन बेलीब्रिजको अपुग सामान आईतबार नेपालगन्ज देखि ढुवानी भएको हुदा सोमबार विहाना निमार्ण स्थलमा पुग्ने र रोकीएको काम सुचारु हुने भेरी करिडोर आयोजना प्रमुख सुनिल रन्जितकारले बताए । यस्तै रुपकार्गाड स्थीत बेलीब्रिज निमार्णको लागि सामाग्री सबै पुगेको हुदा निर्माण कार्यको लागि ठेकेदारलाई ताकेता गरिरहेको आयोजना प्रमुख रन्जितकारले बताए । भेरि करिडोरको कार्यालय दुनैमा स्थापना भैसकेको हुदा अबका दिनमा करिडोरमा काम नहोला भन्ने दुबिधा नगर्न पनि उनले आग्रह गरे । नागरिकका समस्यालाई मध्यनजर गरेर कार्यालयले काम गरिरहेको हुदा फास्ट ट्रयाकमा काम गर्न ठेकेदारलाई अनुरोध गर्ने यदि अटेर गरेको खण्डमा कारबाहीको प्रक्रिया अगाडी बढाउने प्रमुख रन्जितकारले बताए ।

छलफल कार्यक्रमा नेपाली कांग्रेसका सचिव हिक्मत बहादुर शाही, नेकपा एमालेका सचिव लंक बहादुर रोकाया, नेकपा मओवादीका प्रदेश कमिटी सदस्य ओमेन्द्र केसी, एकीकृत समाजवादीका धर्मलाल बुढा, उधोग बाणिज्य संघका अध्यक्ष लालिमान बुढा, नेपाल पत्रकार महासंघका सचिव लेख बहादुर बुढा, जैतुन अनलाइनका सम्पादक टेक बहादुर शाही, रेडियो डोल्पा एफ एम का समाचार प्रमुख मेनुका बुढा, सुरक्षा निकायका प्रमुख, भेरी करिडोरका अन्य प्रतिनिधि लगाएतका व्यक्तीहरुको सहभागीता रहेको थियो ।

सहभागीहरुले नागरिकका समस्यलाई सम्झेर बेलिब्रिज पुल निर्माणकार्य तिब्रता दिन, करिडोर भित्रकाे सडकमा आवतजावत गर्दा जाेखिम रहेकाे हुदा मर्मतसम्भार गर्न आग्रह गरेका छन।