चैत्र १८,
डोल्पा : शनिबार दिउसो देशभर चलेको हावाहुरीले डोल्पामा पनि एकजनाको ज्यान गएको छ । मध्य दिउसोमा चलेको अत्याधिक हावाहुरीका कारण मुड्केचुला गाउँपालिका ९ का एक जना पुरुषको ज्यान गएको हो । मुड्केचुला गाउपालिका- ९ होर्तगाउका बर्ष ४० का सिद्ध बुढाको हावाहुरीले ढालेको रुखले च्यापरे मृत्यु भएको छ । बुढासङ्गै भारी लादिएका दुइृवटा घोडा समेत ढलेको रुखले थिचेर मरेकाछन । घोडामा आलु र मल बाकाइ घर तिर ल्याउदै गर्दा बिच बाटोमै हावाहुरीले ढालेको रुखले थिचेर घोडा मरेका र घोडासँगै बुढाको पनि मृत्यु भएको स्थानिय रमेश बुढाले जानकारी दिए ।
स्थानिय बुढाका अनुसार मुसि खोला देखि आलु र खेतमा लगाउने मल घोडामा लादेर घर तिर ल्याउदै गर्दा हावाहुरिले रुख ढालेर दुई ओटा घोडा र सङ्गै रहेका सिद्ध बुढालाई च्यापेको बताए । रुखले च्यापिएर हात र दुबै खुट्टा भाचिएका बुढाको उपचारको लागि जुम्ला लिदै गर्दा बाटोमा अत्याधिक रक्त श्राबका कारण मृत्यु भएको थियो । घटना भएको ३/४ घण्टामा लामचौर भन्ने ठाउमा पुग्दा बिच बाटोमै मृत्यु भएको अफन्तले बताए । जिल्ला प्रहरि कार्यलयमा थप बुझ्दा घटना भएकोले घटना स्थल तर्फ प्रहरी गएको जिल्ला प्रहरी प्रमुख डिएसपि हरिकृष्ण के सि ले बताए घटानको थप जानकारी आउन बाकी रहेको जिल्ला प्रहरी डोल्पाले जनाएको छ । शनिबारको हावाहुरीले जिल्लामा बिभिन्न भौतिक संरचनामा ठुलो क्षेति पुर्याएको हुन सक्ने अनुमान गरिएको छ ।