डोल्पामा छाँयाङ्कन गरिएको फिल्म‘बुलाकी’ निफमा सर्वोत्कृष्ट

जैतुन अनलाइन | 2024-03-19

चैत्र ०६,

काठमाडौ : डोल्पामा छाँयाङ्कन गरिएको चलचित्र ‘बुलाकी’ सर्वोत्कृष्ट फिल्म भएको छ ।  नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को सातौ संस्करण सम्पन्न भएको छ। चैत १ गतेदेखि सुरु भएको निफ सोमबार विभिन्न अवार्ड समारोहसहित सम्पन्न भएको हाे। फेस्टिभलमा ‘बुलाकी’ले राष्ट्रियतर्फ सर्वोत्कृष्ट फिचर फिल्म अवार्ड जित्याे। साथै ‘बुलाकी’बाट अभिनेत्री सुरक्षा पन्तले सर्वोत्कृष्ट अभिनेत्री  र लक्ष्मण सुनारले सर्वोत्कृष्ट निर्देशक अवार्ड जिते।

त्यस्तै सर्वोत्कृष्ट अभिनेता ‘एक भागवत र एक गीता’ बाट विपिन कार्कीले जिते। अन्तराष्ट्रियतर्फ ‘वाइल्ड स्वान्स’ सर्वोत्कृष्ट फिचर फिल्म जितेको छ। यसले गौतम बुद्ध अवार्ड पनि जितेको छ, फिल्मका निर्देशक रजनी बासुमातारी हुन्। यसवर्ष निफमा ४० देशका ८८ फिल्मले प्रतिस्पर्धा गरेका थिए।

निर्देशम लक्ष्मण सुनारले भने सातौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महाेत्सव अन्तर्गत मैले निर्देशन गरेको चलचित्र बुलाकी मार्फत उत्कृष्ट निर्देशक, उत्कृष्ट महिला कलाकार र उत्कृष्ट चलचित्रको अवार्ड पाउदा म निकै खुशी छु । यो अवार्डले अबका दिनमा चलचित्र निर्देशन गर्दा थप जिम्मेवारी थपेको महसुस गरेको छु । आयोजन टिम तथा जुरिहरु मा मनैदेखि आभार प्रकट गर्न चाहन्छु । चलचित्र ‘बुलाकी’ डोल्पामा छाँयाङ्कन गरिएको थियो ।

सर्वोत्कृष्ट अवार्ड पाउने विजेताको सूचीः

राष्ट्रियतर्फः
सर्वोत्कृष्ट फिचर फिल्मः बुलाकी
छोटो फिल्मः एट एनोदर वीन्टर (किरण श्रेष्ठ)
निर्देशकः लक्ष्मण सुनार(बुलाकी)
अभिनेताः विपिन कार्की (एक भागवत एक गीता)
अभिनेत्रीः सुरक्षा पन्त (बुलाकी)
डकुमेन्ट्री फिल्मः झर्ना (इनुमा राई)
पटकथाः कमल इक्छेइ मगर (डेसान)
छायाकारः राजेश श्रेष्ठ र संकल्प भुजेल(एक भागवत र एक गीता)