चैत्र ०१,
दुनै: काठमाण्डौका दुई व्यक्तिले जिल्ला अस्पातल डोल्पालाई जेनेरेटर सहयाेग गरेका छन । काठमाडौका सदन कुमार व्यन्जु र साेहिलमान तुलाधरले डोल्पा जिल्ला अस्पतालाई जेनेटर सहयाेग गरेका हुन । नियमित बिजुली नभएर हैरानी खेपी रहेको जिल्ला अस्पतालको अबस्थालाई बुझेर केहि सहयोग होस भनेर उनिहरुले जेनेरेटर सहयोग गरेका छन ।
बारम्बार बिधुतको अभावको कारण अस्पतालमा सेवा प्रवाहामा आउने समस्याका बारेमा डाक्टर अखण्ड उपाध्यायले सामाजिक सन्जाल फेसबुकमा पाेष्ट गरेकापछि व्यन्जु र तुलाधरले जेनेरेटर किनेर जिल्ला अस्पताल डोल्पालाई सहयोग गरेका हुन । सहयोग गर्ने दुईजनाले टासिडी संस्थाका अध्यक्ष सम्डुक लामालाई बुझाएको र लामाले डोल्पा ल्याएर जिल्ला अस्पातललाई हस्तान्तरण गरेको जिल्ला अस्पताल प्रमुख डाक्टर अखण्ड उपाध्यायले जानकारी दिए ।
डाक्टर उपाध्यायले आफ्नाे सानाे आग्रह मार्फत सहयाेग उपलब्ध गराएकाेमा मनकारी सहयाेगी व्यान्जु र तुलाधरलाई डाक्टर उपाध्यायले धन्यवाद समेत ज्ञापन गरे । जिल्ला अस्पताल डोल्पामा करिक ८ घण्टा सम्म हुने लोडसेडिङ् र कम भोल्टेज हुने हुदा जेनेरेटरकै भरमा उपचार गर्नुपर्ने बाध्याता भने यथावत नै रहेको छ ।