फागुन २५,
जगदुल्ला : डोल्पाको जगदुल्ला गाउँपालिकामा ११४ औँ अन्तराष्ट्रिय महिला दिवस मनाईएको छ । गाउँपालिकाका सबै वडाका महिलाहरु गाउँपालिकामा भेला भएर यो बर्ष भने फरक तरिकाले मनाए । महिला दिवसको अवसरमा बालविवाह न्यनिकरण,महिला हिंसा अन्तयका नाटक,जातिय छुवाछुत बिरुछका गित सहित बिभिन्न जनचेतना मुलक कार्यक्रम गरेर मनाइएको जगदुल्ला गाउँपालिका महिला शाखा प्रमुख सबिना रोकायाले जानकारी दिइन । रोकायाका अनुसार अघिल्ला बर्षको भन्दा यो बर्ष महिलाहरुले धेरै कुरा आफैले जानी बुझि सकेको महसुस भयो यसले अब हुने बिभिन्न खाले हिँसा महिलाले सहेर हेपिएर नबस्ने बताईन ।
महिलाहरुले घरेलु हिँसा देखि अन्य मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेर मनाएका हुन । यसै गरी ११४ औँ अन्तराष्ट्रिय महिला दिवस डोल्पा जिल्लाका धेरै जसो स्थानीयतह र सदरमुकाम दुनैमा समेत बिभिध कार्यक्रम गरेर मनाइएको छ ।