फागुन २०,
डोल्पा : दुनै हुदै काईके र माथिल्लो डोल्पा जोड्ने मुख्य सड्क निर्माण कम्पनीले काम रोकेर अलपत्र अबस्थामा रहेको छ । बारम्बार मिति थपिए पनि निर्माण कार्य नभएपछि पुन काईके गाउँपालिकाले निर्माण कम्पनी र भेरी करिडोरलाई निर्माण गर्न ध्यानाकर्षण गराएको छ । दुनै ल्यासीक्याप सड्क निर्माणको लागि भेरी करिडोरले २०७८ साल चैत्र महिनामा श्री सुर्य-श्रेया शान्तीदेवी जेभीलाई निर्माणको लागि जिम्मा दिएको थियो । त्यस पश्चात पनि निर्माण कम्पनीले हाल सम्म निर्माण पुरा नगरेपछि काईके गाउँपालिकाले पुन ध्यानाकार्षण गराएको काईके गाउँपालिका अध्यक्ष अंगद कुमार रानाले बताए ।अध्यक्ष रानाले भने हामीले बारम्बार ताकेता गरेका छौ भेरी करिडोर र निर्माण कम्पनीसँग तत्काल निर्माण गर्ने भनेर लिखित सहमति पनि गरेका हौ तर कार्यान्वयन भएन । यदि कार्यान्वयन नहुने नै हो भने तत्काल सम्झौता रद्ध गरि पुन प्रकृयामा जानपर्ने माग काईके गाउँपालिका र माथिल्लो डोल्पाको रहेको रानाको जिकिर छ ।
दुनै लासीक्याप सड्क निर्माण अलपत्र भएको कारण काईके गाउँपालिका मात्रै नभएर माथिल्लो डोल्पाका दुइृ स्थानीयतह छार्का ताङसोङ र डोल्पोबुद्ध गाउँपालिका सहित शे-फोक्सुण्डो गाउँपालिका समेत प्रभाबित रहेका छन । दैनिक उपभोग्य सामान र ढुवानीमा समस्याका साथै नागरिकलाई सहजै यात्रा गर्न समेत कठिन भएकोले निर्माण कम्पनी र कामको जिम्मा दिने भेरी करिडोरले यस क्षेत्रका जनतालाई सास्ती दिएको काईके गाउँपालिकाका अध्यक्ष रानाको आरोप छ । राना भन्छन सहजै यातायात गर्न नपाउदा नागरिकले महगि खेपी रहेकाछन कि सड्क निर्माण गराउ कि काम नगर्ने निमार्ण कम्पनीसँगको सम्झौता रद्धगरि नयाँ प्रकृया गरिदेउ नागरिक मारमा पार्न पाईदैन ।
काईके गाउँपालिकाले बारम्बार ताकेता र ध्यानाकर्षण गराएपनि दुनै -ल्यासिक्याप सड्क निर्माण भने अघि बढ्न सकेको छैन । जैतुन अनलाईनले भेरीकरिडोर र निर्माण कम्पनीसँग सम्पर्क गर्दा दुबै तर्फ सम्पर्क भने हुन सकेन । त्यस कारण निर्माणको जिम्मा दिने र लिनेको खास समस्या के हो भनेर आउन भने बाँकी रहेको छ ।