त्रीपुरा सुन्दरी मन्दिरमा तरुणदल अध्यक्ष बोहोराले कम्बल हस्तान्तरण

जैतुन अनलाइन | 2024-02-09

माघ २६,

डोल्पा : डोल्पाका निर्माण व्यावसायि तथा तरुण दल डोल्पाका अध्यक्षले बाला त्रिपूरा सुन्दरी माता भगवतीको मन्दिरमा कम्मल बितरण गरेका छन । युवा निर्माण व्यावसायि तथा तरुणदल डोल्पाका अध्यक्ष भिम बोहोराले माता भगवतीको मन्दिरमा १० थान कम्मल हस्तान्तरण गरेका छन ।

बोहोरा भन्छन यतिखेर मन्दिरमा महायज्ञ पुजालाई मध्यनजर गर्दै मेरो सानो सहयोग यो महायज्ञ र अन्य समयमा मन्दिर आउने भक्तजनहरुको लागि केही टेवा पुग्ने उदेश्यले सानो भए पनि सहयोग गरेको बताए । उनी थप्छन मन्दिर जस्तो पबित्र ठाउमा सानो भए पनि केही चढाउन र सहयोग गर्न पाउनु र गर्नु धर्मिक आस्था र मनो सान्ती तथा सन्तुष्टि हुने भएकोले पनि कम्मल दिएको बताए ! अझै आगामी आउने दिनहरुमा सहयोग गर्दै जाने बताए ।

डोल्पाका उदाउदा निर्माण व्यावसायि डोल्पामा एक उर्जाशिल तथा सकारात्मक सोच भएका मध्यका एक मानिन्छन । उनी सरल स्वभाव र सहयोगी भावना भएका मात्र नभई अरुको दुखमा साथ दिने गर्दछन । पछिल्लो समयमा सबैको मन जितेका बोहोरा युवा निर्माण व्यावसायिक नेपाली काग्रेस भातृय संगठन तरुणदल डोल्पाका बर्तमान अध्यक्ष समेत हुन । डोल्पामा बसेर निर्माण ब्यबसाय गरिरहेका बोहोराले आफुले ठूलो संघर्ष त्याग तपस्या अनि थुप्रै परिस्थितिहरु संग लडेर अहिले पनि आगाडी बढिरहेको बताए ।