माघ २३,
डोल्पा : फाेक्सुण्डाे मिडिया मार्फत लेखा अधिकृत हस्त बहादुर बुढा सम्मानित भएका छन । लेखा अधिकृत तथा खानेपानी सिचाइ तथा उर्जा बिकास कार्यलय डोल्पाका लेखा अधिकृत हस्त बहादुर बुढालाई सम्मान गरेको हो। फोक्सुन्डो मिडिया एण्ड म्युजिक प्रा.लि.का सम्पादक लेख बुढाले बार्षिक उत्सवकाे अवसरमा विभिन्न क्षेत्रका ब्याक्तित्वहरुलाई डोल्पामा सेवा प्रबाह र डोल्पालि जनतहरुको हितमा काम गरेको भन्दै ३ जनालाई छनौट समेत गरिएको हो ।
मंगलबार डोल्पाको सदरमुकाम दुनैमा एक कार्यक्रम गरि लेखा अधिकृत बुढालाई सम्मान गरिएको छ । लेखा अधिकृत बुढाले डोल्पामा भए देखि सेवा प्रभाह हरु जनताहरुको हित अनुकुल काम गरेकोले छनौट गरि सम्मन गरेको सम्पादक लेख बुढाले बताए । सम्पादक बुढाका अनुसार छनौटमा पुर्व पर्यटन राज्यमन्त्री तथा वर्तमान प्रतिनिधि सभा सदस्य माननीय श्री धन बहादुर बुढा र पर्यटन व्यवसायी श्री जितेन्द्र झाक्री मगर लाई ” फाेक्सुण्डाे मिडिया एण्ड म्युजिक सम्मान २०८०” प्रदान गर्ने निर्णय गरेकाे भएता पनि छनौट भएका बक्तित्वहरु समय र कार्य ब्यस्तताका कारण जिल्ला बाहिर भएकोले उहाहरु डोल्पा आउने बित्तिकै सम्मन गर्ने बताए ।
सम्मानित भएका लेखा अधिकृत बुढा भन्छन आफू सम्मानित हुदा झनै हौसला र थप जिम्मेवार बनाएकोले अब नीति नियम भित्र रहेर जागिर भन्दा सेवाको रुपमा जागिरलाई लिएर जनताहरुको सेवा प्रबाह प्रबाहमा कुनै पनि कन्जुस्याइँ नगर्ने प्रतिबद्द्ता गरे ।