माघ १९,
डाेल्पा : आर्थिक अबस्था कम्जोर भएका बिरामीको निशुल्क यातायात सेवा दिएर एक बिरामीको उद्दार गरिएको छ । काईके गाउँपालिका वडा नं. ७ का स्थानीय बर्ष २८ का भिम राेकाया आफ्नै घरकाे छतबाट लडर घाइते भएका बिरामीलाई ब्यासऋषि तपाेभूमि यातायात सेवा प्रा.लि डाेल्पाले एक बिरामी युवाकाे निशुल्क उद्वार गरेकाे हो।
आर्थिक अवस्था कम्जोर भएका घाईते राेकायालाई ब्यासऋषि तपाेभूमि यातायात सेवा प्रा.लि डाेल्पाले सदरमुकाम दुनै देखि नेपालगन्ज सम्म निशुल्क रुपमा उद्वार गरेकाे हाे ।
केही महिना पहिला डाेल्पाकाे सदरमुकाम दुनैमा प्रधान कार्यालय रहने गरि स्थापना भएकाे प्रालिले आर्थिक रुपले विपन्न,बृद्वा असायलाई सिमित सुरक्षित सिट सहित सेवा प्रदान गर्ने बताएको थियाे ।
आगामी दिनमा डाेल्पा जिल्लाका जुनसुकै ठाउँका आर्थिक अवस्था अति कम्जोर भएका नागरिकलाई निश्चित सेवा दिने र प्रालिले कुल आम्दानीकाे दश प्रतिशत सामाजिक कार्यमा लगानी गर्ने ब्यासऋषि तपाेभूमि यातायात सेवा प्रा.लि डाेल्पाका अध्यक्ष कैलाश बुढा मगरले बताए । डाेल्पाबाट सडक सञ्जाल जाेडिएका क्षेत्रमा आम्दानी भन्दा पनि सेवामूलक ढंगले सेवा दिने लक्ष रहेकाे अध्यक्ष मगरले बताए ।