माघ १५,
डाेल्पा : नेकपा एमाले निकट भातृसंगठन प्रेस चाैतारी नेपाल डाेल्पाकाे पाँचौ अधिबेशन सम्पन्न भएकाे छ । सदरमुकाम दुनै बजारमा सम्पन्न पाँचौ जिल्ला अधिबेशनबाट अध्यक्षमा प्रेम थापा, उपाध्यक्षमा मेनुका बुढा, सचिवमा गायत्री शाही, उपसचिवमा दावा ग्याल्बाे बैजी, काेषाध्यमा पुर्ण बाेहाेरा सहित १५ सदस्यीय नयाँ जिल्ला कमिटी गठन भएकाे छ ।
प्रेस चाैतारी नेपाल डाेल्पाका उपाध्यक्ष मेनुका बुढाकाे अध्यक्षता संचालित पाँचाै जिल्ला अधिबेशनमा नेकपा एमाले केन्द्रीय सदस्य तथा डाेल्पा इन्जार्ज पदमी बाेहाेरा(बुढा),नेकपा एमाले प्रदेश कमिटी सदस्य द्वाेय बिष्णु बहादुर राेकाया,चन्द्रा कुमारी बुढा,नेकपा एमाले डाेल्पाका पार्टी सचिव लंक बहादुर राेकाया,प्रेस चाैतारी नेपाल पुर्व केन्द्रीय सदस्य बिष्णुलाल बुढा सहितका नेता कार्यक्रता सहभागी रहेकाे प्रेस चाैतारी नेपाल डाेल्पाले जनाएको छ ।
यस्तै पाँचौ जिल्ला अधिबेशनबाट प्रेस चाैतारी नेपाल डाेल्पाबाट प्रदेश प्रतिनिधिमा जुनु हिराचन, केन्द्रीय प्रतिनिधिमा रुपलाल बाेहाेरा, मन कुमारी हिराचनलाई छनाैट गरेकाे चाैतारी डाेल्पाले जनाएको छ ।