डाेल्पाे क्याम्पसकाे किर्ते घटना बारे छानबिन गर्न नेबिसघको माग

जैतुन अनलाइन | 2024-01-26

माघ १२,

डाेल्पा : नेपाली कांग्रेस आबद्ध भातृ संघ नेपाल बिधार्थी संघ डाेल्पाले डाेल्पाे क्याम्पसकाे किर्ते सभाकाे घटना बारे छानबिन गर्न माग गरेकाे छ । आज नेविसंघ डाेल्पाका अध्यक्ष मिलन बुढाथोकीले प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहाललाई ज्ञापनपत्र बुझाउदै गत माघ ५ गते डाेल्पाे क्याम्पसमा भएकाे किर्ते सभा बारे सत्यतथ्य छानवीन गरि दाेसीलाई कडा कारबाही गर्न डाेल्पा प्रशासनमा माग गरिएको नेपाल बिधार्थी संघ डाेल्पाका अध्यक्ष मिलन बुढाथोकीले बताए ।
गत पुस ५ गते डाेल्पाे क्याम्पसकाे सभा गरेकाे प्रमाण बाहिरिएपछि क्याम्पस संचालन समितिका सदस्यहरुले पनि बिराेध जनाएका छन । यस बिषयमा जिल्लाका नागरिक अगुवाहरुले पनि प्रशासनमा उजुरी दिएका छन ।

हेर्नुस् बिज्ञप्ति :