माघ १०,
डाेल्पा : पुर्व पर्यटन राज्यमन्त्री तथा हाल डाेल्पा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य धन बहादुर बुढाले विभिन्न अस्पतालमा उपचाररत दुई जना बिरामीलाई आर्थिक सहयाेग गरेका छन ।
सांसद बुढाले भेरी अस्पताल नेपालगन्जमा पाचन प्रणाली र पित्त थैलीमा मासु पलाएकाे अप्रेसन गरेर उपचाररत त्रिपुरासुन्दरी नगरपालिका ७ भुतिङग्रा कि सुस्मा के.सी रु दश हजार रुपैयाँ सहयाेग गरेका हुन । यस्तै त्रिपुरासुन्दरी नगरपालिका ५ ल्हाँ कि बिरामी लक्ष्मी नेपालीलाई पनि रु दश हजार रुपैयाँ सहयाेग गरेका छन ।
बिरामीहरुकाे आर्थिक अवस्था कम्जोर रहेकाे आफन्तले जानकारी गराएपछि अभिभावकिय भुमिका निर्वाह गर्दै औषधी उपचारमा केही राहत मिलाेस भनेर सांसद बुढाले स्वास्थ्य लाभकाे कामना गर्दै दश दश हजारका दरले दुई बिरामीलाई आर्थिक सहयाेग गरेकाे सांसद बुढाकाे सचिवालयले जनाएको छ ।
डाेल्पामा बाट लगातार तीन पटक संघीय सांसदमा निर्वाचित बुढाले राजनितीक आस्थाकाे आधारमा तेराेमेराे नभनि बिरामी तथा समस्यामा परेका नागरिकलाई सहयाेग गर्दै आईरहेका छन ।