डोल्पो क्याम्पसमा अध्यक्षको कृत्य गरेर बार्षिक सभा

जैतुन अनलाइन | 2024-01-24

माघ १०, रामचन्द्र न्यौपाने
डोल्पा : हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैमा रहेको डोल्पो क्याम्पसले क्याम्पस ब्यवस्थापन समितिका पदाधिकारीहरुको कृत्य गरेर बार्षिक सभा सम्पन्न गरेको पाइएको छ ।
गत पुस ५ गते क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र बहादुर शाहीकै हस्ताक्षर कृत्य गरेर बार्षिक सभा सम्पन्न गरेको पाइएको हो ।
त्यतिमात्र होइन क्याम्पस ब्यवस्थापन समितिका सदस्य तथा उद्योग बाणिज्य संघ डोल्पाका अध्यक्ष लालिमान बुढाको हस्ताक्षर समेत कृत्य गरिएको छ ।


क्याम्पसले क्याम्पस ब्यवस्थापन समितिका अधिकाशं पदाधिकारीकै कृत्य हस्ताक्षर गरेर बार्षिक सभा गरेपछि क्याम्पस प्रमुख धनन्ञ्जय सुवेदीसँग अध्यक्ष तथा सदस्यहरु रुष्ट भएका छन् ।
आफु हस्ताक्षर कृत्य गरेर क्याम्पसको बार्षिक सभा गरेको कुरा केही समय अघिमात्र थाहा पाएको अध्यक्ष योगेन्द्र बहादुर शाहीले बताए ।
आफु लामोसमय देखि काम विशेषले काठमाण्डौ भएकाले आफु बार्षिक सभामा उपस्थित नभएको र आफ्नो हस्ताक्षर कृत्य गरिएको उनले बताए ।
अब केही दिनमै डोल्पा आउने र तत्काल क्याम्पस ब्यवस्थापन समितिको बैठक राखेर गम्भीर रुपमा छलफल गर्ने उनको भनाइ छ ।
यस बिषयमा क्याम्पस प्रमुख धनन्ञ्जय सुवेदीलाइ बुझ्दा आफुलाइ थाहा नभएको बताएर सिधै झुट बोलेकाछन् ।जबकी सुवेदी स्यमंले बार्षिक सभाको उपस्थिति र निर्णयमा हस्तारक्षर गरेकाछन् ।
क्याम्पस प्रमुख सुवेदीले बार्षिक साधारण सभानै नभएको भनेर गल्ती ढाकछोप गर्न खोजेकाहुन् ।
उक्त सभामा ४३ जनाको उपस्थिति रहेको छ भने दुइवटा निर्णय गरिएको छ ।


निर्णय १ ः निर्णयमा डोल्पो क्याम्पसबाट तयार पारी क्याम्पस ब्यवस्थापन समितिबाट पारित बार्षिक प्रतिवेदनलाइ डोल्पो क्याम्पस सभाबाट पारित गर्ने निर्णय गरियो ।
निर्णय २ ः डोल्पो क्याम्पसको आव ०८०÷०८१ को कार्ययोजनालाइ कार्यन्वयनकालागि सम्बन्धित निकायसँग समन्वय गरि कार्ययोजनालाइ सफलतापुर्वक कार्यन्वयन गरि लागु गर्ने निर्णयलाइ डोल्पो क्याम्पस सभाबाट पारित गर्ने निर्णय गरियो ।
आज भन्दा उन्नाइस बर्ष अघि डोल्पामै उच्च शिक्षा दिने मनसायले त्याग गर संघर्षका बाबजुत स्थापना गरिएको क्याम्पसको अहिले बेहाल भएको क्याम्पसका संस्थापक सदस्य लक्ष्मीकान्त उपाध्यायले बताए ।
अहिले क्याम्पसमा आर्थिक पारदर्शीता नहुनुका साथै भौतिक र शैक्षिक अवस्था पनि कमजोर रहेको उनको भनाइ छ ।
बिस २०६० साल तिर जिल्ला प्रशासन कार्यालयसँग समन्य गरि आफु सहित बर्तमान अध्यक्ष योगेन्द्र बहादुर शाही,स्वर्गीय अंगत कुमार हमाल,गणेश कुमारी हमाल,जय बहादुर केसी,बम बहादुर केसी,लालीमान बुढा,उर्मिला विश्वकर्मा,बिष्णुलाल बुढा लगायत भएर क्याम्पस स्थापना गरिएको उनले बताए ।


त्यो बेला स्वर्गीय लक्ष्मीनारायण उपाध्याय र आफु तीन महिना काठमाण्डौ बसेर त्रिभुवन विश्व बिद्यालयबाट क्याम्पसको सम्बन्धन ल्याउन सफल भएको सम्झिए ।
क्याम्पस स्थापनाहुँदा खेरी कोषमा तत्कालिन प्रधानसेनापति रुकमांगत कटवालले दुइ लाख पचास हजार सहयोग गरेका थिए ।
क्याम्पसको सात बर्षसम्म बैठक बस्न नसकेको क्याम्पस के कसरी चलेको छ कुनै पत्तो नभएको क्याम्पस ब्यवस्थापन समितिका पदाधिहरुहरुले दुखेसो पोखे ।
विश्व विद्यालय अनुदान आयोगबाट बर्षेनी आउने लाखौँ अनुदान रकम कहाँ कसरी प्रयोग हुन्छ त्यो पनि थाहा नहुने उनिहरुको भनाइ छ ।
आर्थिक बर्ष ०७९÷०८० मा १४ लाख ८९ हजार रकम आयोगबाट अनुदान प्राप्त भएको क्याम्पसले जनाएको छ ।
हाल क्याम्पसको खातामा २५ लाख रकम मौज्दात रहेको क्याम्पस प्रमुख सुवेदीले बताए ।


यता विश्व विद्यालय अनुदान आयोगका सदस्य सचिव शंकर भण्डारीले क्याम्पसको भद्रगोल अवस्थाका बिषयमा ब्यवस्थापन समितिका पदाधिकारीको फोन आइरहेको बताए ।
आफु आएको तीन बर्ष देखि निरन्तर अनुदान गइरहेको उनले भनाइ छ ।
अघिल्लो आर्थिक बर्ष र जारी आर्थिक बर्षको क्याम्पस ब्यवस्थान समितिको बैठकको निर्णय पठाउन क्याम्पस प्रमुखलाइ निर्देशन दिएपनि अहिलेसम्म नपठाएको बताए ।
डोल्पो क्याम्पसको बिषयमा धेरै गुनासो आए मान्छेनै पठाएर छानविन गर्ने उनको भनाइ छ ।
दुर्गम जिल्लामा शिक्षाको ज्वती छर्ने क्याम्पसको भौतिक संरचना र वातावरण फोहोर छ भने बर्षेनी सयौँ बिद्यार्थि भर्ना भएपनि क्याम्पसमा नियमित पढाइ भने हुँदैन् ।अहिले दुइ महिना क्याम्पसले चिसो बिदा दिएको बताएको छ ।