त्रिपुरासुन्दरी मन्दिरमा केसि दम्पतीद्वारा ५ थान सिसि क्यामेरा हस्तान्तरण 

जैतुन अनलाइन | 2024-01-22

माघ ०८,

डाेल्पा : डाेल्पाकाे त्रिपुराकाेटस्थित श्रीबालात्रिपुरासुन्दरी भगवती मन्दिरमा समाजसेवी केसि परिवारद्वा सिसि क्यामरा सहयाेग गरेका छन ।

ठुलिभेरीनगरपालिका-३ दुनैनिवासी ओमेन्द्र केसि र पार्वती केसि दम्पतीले सिसि क्यामरा सिहतका उपकरण हस्तान्तरण गरेका हुन ।

मन्दिरका पुजारी लक्ष्मीकान्त उपाध्याय टिकादत्त न्याैपानेलाई  त्रिपुराकाेट प्रहरी चाैकीका इन्चार्ज रमेशबहादुर सि सहित मन्दिर सुरक्षार्थ खटिएका प्रहरीकाे राेहवरमा पुजारीलाई सिसि क्यामरा सेट सहितकाे उपकरण हस्तान्तरण गरेका हुन ।

मन्दिरमा चाेरी डकैती लगायत अनैतिक क्रियाकलाप हुन नदिन मन्दिर सुरक्षार्थ सिसि क्यामराबाट निगरानी गर्न सजिलाे हाेस भनेर आफुले निजि लगानीमा सिसि क्यामरा सेट सहितका उपकरण सहयाेग गरेकाे समाजसेवी केसी परिवारले डाेल्पान्युज डटकमलाई बताए ।

मन्दिर सुरक्षार्थ पांच थान सपसि क्यामरा,एक थान माेनिटर,पांच सय जिविकाे एक थान हार्डडिक्स,एक थान पावर सप्लायर्स र असी मिटर तार सहितकाे साठ्ठी हजार मूल्य बराबरका सिसि क्यामराकाे सेट केसि पिरवारले हस्तान्तरण गरेका हुन ।

हस्तान्तरण गरिएका पाँच  थान सिसि क्यामरा भगवती विराजमान मुल मन्दिरकाे दक्षिण ढाेका,उत्तरतर्फकाे टांके तर्फकाे ढाेका पुर्व ढाेका ,राताे ढाेका र कालाे ढाेका समेतमा गरे पाँच  स्थानमा सपसि क्यामरा जडान गरिने श्रीबालात्रिपुरासुन्दरी भगवती मन्दिर अक्ष्यकाेष समितिका सचिव टिकादत्त न्याैपानेले बताए ।

पटक पटक गरे तीन पटक चाेरी भएकाे श्रीबालात्रिपुरासुन्दरी भगवती मन्दिरमा चा्ेरी हुननपाओस भनेर यसअघि मन्दिरका पुजारी राजन देवकोटाले  तीन ओटा सिसि क्यामरा मन्दिरमा जडान गराएर सहयाेग गरेपनि नियमित बिधुतकाे अभावमा सिसि क्यामराकाे पावर सप्लायर्स जलेर निगरानिमा समस्या भएकाे थियाे ।

केसि दम्पतीले हस्तान्तरण गरेर जडान गरिएकाे सिसि क्यामराबाट मन्दिरमा हुने  चाेरी लगायत अनैतिक क्रियाकलाप निगरानीमा समेत सहयाेग पुग्ने अपेक्षा गरिएकाे छ ।