जनतासंग मेयर कार्यक्रमबाट दुई सय १० जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण

जैतुन अनलाइन | 2024-01-13

पुस २८,

त्रिपुराकोट डोल्पा : जनतासंग मेयर कार्यक्रम अन्तरगत त्रिपुरा सुन्दरी नगरपालिकामा जेष्ठ नागरिकलाइ न्यानो कपडा बितरण गरिएको छ । नगरपालिकाको १० औँ हिउँदे नगरसभाको अवसरमा पालिकाभित्रका ११ वडाका ७० बर्ष माथिका जेष्ठ नगरिकलाइ चिसोमा न्यानो कपडा नगरपालिकाले वितरण गरेको हो । १० औँ हिउँदे नगरसभामा त्रिपुरा सुन्दरी नगरपालिका  २ सय १० जना ७० बर्ष माथिका (महिला) तथा १ सय ४५  (पुरुष)  गरेर तिन सय पचपन्न जना जेष्ठ नागरिकलाई न्यानोको कपडा नगरप्रमुख र नगरउपप्रमुखले वितरण गरेका हुन ।

कसल चार लाख मुल्य बराबरको ब्लाङकेट र ज्याकेटहरु मार्फत नगरसभाको अवसरमा वडा नम्बर १ का ७० बर्षका जेष्ठ नागरिकलाइ बितरण गरिएको त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जग्दिशचन्द्र नेपालीले जानकारी दिए । नेपालीका अनुसार ज्याकेटको मुल्य ९ सय ५० र ब्ल्याङ्केटको ११ सय ५० मा गरिद गरिएको बताए । पहिलो पटक वडा नम्बर ज्ञ मा बितरण गरएको र बाँकी वडामा वडा अध्यक्षको रोहवरमा बितरण गरिने नगर प्रमुख जनचन्द्र रोकायले बताए । नगरप्रमुख रोकायाले भने खरिद गरेको न्यानो कपडाले जेष्ठ नागरिकलाई नपुगेको अबस्थामा नगरपालिकाले पुन खरिद गरि वितरण गर्ने प्रतिबद्धता जनाए । न्यानो कपडा पाएपछि जेष्ठ नगरिक औधि खुसि हुदै नगरपालिकाका जनप्रतिनिधिहरुलाई आशिर्वाद दिदै खुसिले घर फर्किएका छन ।

कार्यक्रममा भूतपुर्व प्रदेश सांसद बदमीक्वारी बुढा प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहाल पुर्व नगरकाबा प्रमुख चन्द्रकुमारी बुढा नगरउपप्रमुख देवि घर्ति ११ वटै वडाका वडाअध्यक्ष प्रहरी नायवउपरिक्षक शिब बुढाथोकी राष्ट्रिय अनुसन्धान अधिकृत मेगराज कडेल शे फोक्सुण्डो राष्ट्रिय निकुन्जका वार्डेन विश्वबावु श्रेष्ठ र विभिन्न राजनीतिकदलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।