डोल्पामा बालविवाहको डर लाग्दो अबस्था -कस्ले रोकिदिने बालविवाह ?

जैतुन अनलाइन | 2024-01-09

पुस २४,

डोल्पा : नेपाल सरकारको २०७८ सालको राष्ट्रिय जनगणनालाइ आधार मान्ने हो भने डोल्पामा बालविवाहको अबस्था निकै डर लाग्दो रहेको पाईएको छ । नेपालको २०७८ सालको राष्ट्रिय जनगणना अनुसार कर्णाली प्रदेशमा ७२ प्रतिशत छ भने डोल्पामा ६१ दशमलव ८७ प्रतिशत बालविवाह हुने गरेको तथ्याङ्क रहेको छ । नेपाल पत्रकार महासंघ डोल्पा शाखाको संयोजनमा बालविवाह बिरुद्धको साझा अभियान डोल्पा शाखाले मंगलबार पत्रकार सम्मेलन गर्दै  यस्तो तथ्याङ्क सार्वाजनिक गरेको हो । उक्त तथ्याङ्कलाई आधार मानेर हेर्ने हो भने डोल्पामा ५४ प्रतिशत केटा र ७० प्रतिशत केटिले बालविवाह गरेको पाईन्छ ।

जस अनुसार सबैभन्दा धेरै बालविवाह ठुलीभेरी नगरपालिकामा ७७ प्रतिशत,त्रिपुरा सुन्दरी नगरपालिकामा ७३ प्रतिशत,मुड्केचुला गाउँपालिकामा ६८ प्रतिशत,जगदुल्ला गाउँपालिकामा ६३ प्रतिशत,काईके गाउँपालिकामा ५४ प्रतिशत,डोल्पोबुद्ध गाउँपालिकामा ५२ प्रतिशत,शे-फोक्सुण्डो गाउँपालिकामा ४६ प्रतिशत र छार्का ताङसोङ गाउँपालिकामा ४४ प्रतिशत बालविवाह भएको तथ्याङ्कले देखाएको छ । यसरी बालविवाह गर्नेमा जातिय आधारमा हेर्दा सबैभन्दा धेरै दलित त्यसपछि क्षेत्रि वर्गीय आधारमा विपन्न वर्गका र लिङ्गिय हिसावमा हेर्दा छोरा भन्दा छोरीले धेरै बालविवाह गरेको बालविवाह बिरुद्धको साझा अभियान डोल्पा शाखाका अध्यक्ष रण बहादुर कार्कीले पत्रकार सम्मेलनमा जानकारि गराए ।

बालविवाह बिरुद्धको साझा अभियान डोल्पा शाखाले मंगलबार पत्रकार सम्मेलनमा सहभागीहरु

अध्यक्ष कार्किका अनुसार नेपालको कानुन अनुसार बिवाह गर्नको लागि केटा र केटी दुबैको उमेर २० बर्ष पुरा हुनुपर्दछ । यदि २० बर्ष भन्दा कम उमेरमा बिहे गरेमा बालविवाह हुनेगर्दछ । २० बर्ष भन्दा कम उमेरमा बिवाह गरेमा वा गराएमा ३ बर्ष कैद ३० हजार जरीवाना हुने कानुनी ब्यवस्था रहेको छ । कानुनमा लेखिएको भएपनि  डोल्पामा भने कानुनले कतै रोकेको भने देखिदैन किनकी ४० हजार जनसंख्या रहेको जिल्लामा ६१ दशमलव ८७ प्रतिशत बालविवाह हुने भनेको निकै भयाबह अबस्था मान्न सकिन्छ ।

स्वास्थ्य कार्यालय डोल्पाको आर्थिक बर्ष २०७९/०८० को बार्षिक प्रगति प्रतिवेदनमा हेर्दा २० बर्ष मुनीका जुनसुकै समयमा गर्भजाँच गराउने महिलाको संख्या १ सय ६७  जना र १२ हप्तासम्मको ७९ जना रहेका छन । सोहि तथ्याङ्कलाइ हेर्दा २० बर्ष मुनीका महिलाहरुले प्रसुति सेवा पाएका महिलाहरुको संख्या १ सय १७ र दक्ष प्रसुतिकर्मिबाट ९१ जना अनि दक्ष स्वास्थ्यकर्मिबाट ७ जना र अन्या स्वास्थ्यकर्मिबाट १९ जनाले चेकजाँच गरेको देखिन्छ भने ४ जना २० बर्ष मुनिका महिलाको सुरक्षित गर्भवतन गरिएको छ । यसरी पनि सहजै थाहा हुन आउछ कि डोल्पामा बालविवाहको अबस्था कुन अबस्थामा छ भनेर । यसरी हेर्दा बालविवाहका कारण बाल अधिकार हनन दिर्घकालिन रुपममा शारीरिक मानसिक संवेगात्मक असर पर्नुका साथै बिभिन्न हिंसा यौन दुर्ब्यवहार सम्बन्ध बिच्छेद समेत हुने गरेको छ । अभिभाबकको सानो गल्लीले पनि बालविवाह हुने र पछि २० बर्ष मुनीका बालवालिकाले दुख पाउने गरेका छन ।

बालविवाह बिरुद्धको साझा अभियान डोल्पा शाखाले मंगलबार पत्रकार सम्मेलन

कस्ले रोकिदिने बालविवाह ?

बालविवाह रोक्नका लागि सबैभन्दा ठुलो भुमिका अभिभाकको नै हुने गर्दछ । किशोरा अबस्थामा पुगेका आफ्ना छोराछोरीको बानिमा आएको परिवर्तन उनिहरुले लिई रहेको शिक्षा समाजको रहनसहन अनि साथिभाईको संगत हेरेर यदि गलत बाटोमा लागेको भएमा एक असल साथि बनेर सम्झाएर पनि बालविवाह हुनबाट जोगाउन सकिन्छ किनकी बालवालिकाको पहिलो पाठशाला भनेकै घर र अभिभाबक हुन । संघियता पछि स्थानीय सरकारको सबैभन्दा धेरै भुमिका रहने गर्दछ ।

बालविवाहको फाईल तस्विर

स्थानीय सरकारले बालविवाह नियन्त्रणका लागि समाजमा प्रत्यक्ष प्रभाब पर्नेगरी बिभिन्न खाले क्रियाकलाप गरेर नियन्त्रण गर्न सक्छ । बालविवाह बिरुद्धको साझा अभियान डोल्पा शाखाले मंगलबार पत्रकार सम्मेलनमा सार्वजानीक गरेको तथ्याङ्कलाइ हेर्दा डोल्पाका ८ वटा स्थानीयतहहरुमा जगदुल्ला गाउँपालिकाले मात्रै बालविवाह रोकथाम तथा नियन्त्रणका लागि निति अनुसार बजेट छ्ट्टाएर कार्यान्वयनमा ल्याएको पाईएको छ । जगदुल्लाले यहि आर्थिक बर्षमा कार्यान्वयन हुनेगरी बालविवाह बालश्रम र बालहिंसा न्युनिकरणका लागि १ लाख ५० हजार,लैससास निति निर्माणको लागि १ लाख ५० हजार र वाल संरक्षणक कार्यक्रमका लागि ३ लाख ५० हजार बजेट बिनियोजन गरेर कार्यान्यवनमा ल्याएको छ ।

अन्य ७ वटा स्थानीयतहले निति बनाएको र कार्यान्वयनको प्रकृयामा रहेको तथ्याङ्कमा उल्लेख छ । नेपाल सरकारका तिनवटै सरकारले बालविवाह बिरुद्धका कुनै पनि कार्याक्रमहरु नगरिदिने र स्थानीय सरकारले सामान्यतह: दिवस मनाएर कामचलाउ गर्ने भएकोले पनि डोल्पामा बालविवाह बढ्दो क्रममा रहेको बालविवाह बिरुद्धको साझा अभियान डोल्पा शाखाले मंगलबार पत्रकार सम्मेलनमा सार्वजानीक गरेको तथ्याङ्कले प्रष्ट पारेको छ । सबै सरोकारवाला निकायले समयमै बालविवाह बिरुद्धको अभियानमा हातेमालो नगरेमा झनै बिकराल हुने अबस्था रहेको छ ।