पुस २४,
डोल्पा : डोल्पा जिल्ला उच्च हिमाली जिल्ला हो । यो जिल्लामा हिउँदको समयमा ४५ दिन सम्म हिउँदे बिदा अर्थात जाडो बिदाकाे कारण बिद्यालय बन्द हुने गर्दछ । यो समयमा वालवालिकाको पढाइ सिकाइ निरन्तर नहुने समस्या भने दशकौ देखि रही आएको छ । हिउँदको समयमा लामो समय सम्म बिद्यालय बन्द हुने र उक्त समयमा समुदायमा पनि वालवालिकाहरु पढाइका क्रियाकलापहरु नहुने हुँदा उनीहरुको सिकाइ कमजोर हुनुका साथै वालवालिकाको सिकाइमा ब्रेक लाग्ने गर्दछ । यस्तो समयमा उनीहरुलाई कुनै न कुनै हिसाबमा सिकाइ निरन्तरताका लागि जोड्न जरुरी हुने गर्दछ । लामो दिन सम्म बिदाको समयमा घुम्ती कक्षा सञ्चालन गर्ने, शिक्षकले अभिभावक र वालवाकिला संग छलफल गर्ने, कथा कविताका कितावहरु उपलब्ध गरेर वालवालिकालाई पढ्न दिने तथा घरयासी सिकाइ सामग्री उपलब्ध गराएरु सिकाइ निरन्तरता दिन सकिन्छ ।
यसै सन्दर्भमा ठुलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका केही बिद्यालयहरुमा बिद्यालयमा उपलब्ध ई– लाइब्रेररि प्रयोग गरी वालवालिकाहरु सिकाइ निरन्तर गर्न प्रयास थालेका छन् । त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट मा.वि. र ठुलीभेरी नगरपालिकाको वालमन्दिर आ.वि. मा सिकाइ निरन्तरताका लागि ई– लाइब्रेररिको प्रयोग गरी कथा, कविता पढ्ने, कथा कविताका भिडियो हेर्ने, कितावहरु पढ्ने कार्य सुरुवात गरेका छन् । लामो समय वालवालिकाहरु घरमा बस्दा दिक्क लाग्ने र बिद्यालयमा गएर रमाइलो गरी पढ्न सिक्न पाउदा अत्यन्त खुशी हुने र रमाइलो मान्ने गर्दछन् ।
पहिलो पटक बिद्यालयका शिक्षक र समाज जागरण केन्द्रका कर्मचारीहरुको सहजिकरणमा उपलब्ध वालवालिकाहरुलाई इ लाइबे्ररीमा सहभागी गरेर सिकाइ सहजिकरण प्रयास प्रभावकारी देखिएको वालमन्दिर आ.वि. का शिक्षक एगिता न्यौपानेले बताउनुभयो । पहिलो पटक जम्मा १५ जना वालवालिकाको सहभागितामा सुरुवात गरिएको प्रयास प्रभावकारी देखिएकाले महिनामा २।३ पटक यस्तो अभ्यास गर्ने उहाँले बताउनु भयो । बिद्यालयहरु संग सहकार्य गरेर अन्य बिद्यालयमा पनि यस्ता अभ्यास गर्ने स्याक नेपालमा कार्यरत सामाजिक परिचालक स्वस्ती शाहीले जानकारी दिनुभयो । त्रिपुराकोट मा.वि. मा पनि १२ जना बालबालिकाहरु सहभागि भएर ई– लाइब्रेररिको प्रयोग गरेका थिए ।
यूरोपियन यूनियनको आर्थिक सहयोग तथा साझा शिक्षा इ–पाटी नेपाल, प्लान इन्टरनेशनल नेपाल र समाज जागरण केन्द्र सुर्खेतको साझेदारीमा डोल्पा जिल्लाका ६ वटा स्थानीय तहमा रहेका १६ वटा बिद्यालयहरुमा इ–लाइबे्रररी सञ्चालनमा रहेका छन् । अफलाईन माध्यमबाट ९ हजार भन्दा बढी पाठ्यक्रम र पाठ्यक्रमलाई मद्धत पुग्ने शैक्षिक र सन्दर्भ सामग्रीहरु इ– लाइबे्रररीमा रहेको र बिना इन्टरनेट पनि प्रयोग गर्न सकिन्छ ।