सरोज थापा पौष २१
दुनै डोल्पा : भेरी करिडोर अन्तरगत पर्ने डोल्पा जोड्ने पुलहरुको बिषयमा जिल्ला प्रशासन डोल्पामा पहलको लागि छलफल भएको छ । अनौपचारिक छलफलमा नेकपा माओवादीका राष्ट्रिय सभा सदस्य नर बहादुर बिस्ट प्रदेश संसद तथा पुर्ब मन्त्री वीर बहादुर शाही लगाएत डोल्पा जिल्लाका पार्टी संयोजक धर्मजित बोहोरा ( विस्फोट ) लगाएर नेता कार्यकताहरुको सहभागीतामा जिल्ला प्रशासन डोल्पामा छ्लफल तथा कानुनी प्रक्रिया जानको लागि अनुरोध ताकेता गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी तुल्सी प्रशाद दहालले डोल्पा जोड्ने पुलको लागि आफ्नो ठाउँ बाट बेलि बृच छिटो बनाउनको लागि निर्माण कम्पनिहरु सङ्ग पहल गरिरहेको , निर्माण कम्पनि संग सम्पर्क हुन नसकेको र यहाका सरोकारवाला जिम्मेवार निकायहरु संग एकीकृत रुपमा जानको लागि उहाहरुको पहल कदमी र दवाब दिन नसक्नाले पनि काममा ढिलाई भएको बताए । प्रजिअ ले भुक्तानी दिदा सबैलाइ राखेर भुक्तानी दिनको लागि डिजि लाई जानकारी गराएको बताए । रुपगार्डको पुल निर्माण को लागि पनि पहल र समन्वय गरिरहेको बताए ।
रास्ट्रीय सभा सदस्य नर बहादुर बिष्टले निर्माण कम्पनीको जिम्मेवार ब्यक्ति या पेटि ठेकेदारलाई समन्वय गरेर तत्काल बेलिबृजका कामहरु तत्काल काम गराउनको लागि प्रजिअ लाई जानकारी गराएका छन । भने सदस्य बिस्ट्ले निर्माण कम्पनी सङ्ग कुरा भएको तर निर्माण कम्पनिको ठेकेदारले डोल्पा जिल्ला बाट सहजीकरण र पहल गरे हामी निर्माण कार्यमा आगडी बड्न सहज हुने बताए । बिष्टले बेलिबृज निर्माणका लागि नेकपा माओवादी पार्टी पनि लागि पर्ने भएकोले नेता कार्यकर्ताहरुलाई सहजिकरण गर्न आग्रह गर्नु भयो । मुड्केचुला गाउपालिका वडा अध्यक्ष बिष्णु बुढाले बेलि बृज बन्न नदिनु र हिम पाईप हाल्न नदिनको कारण केही ब्यक्तिको निहित स्वार्थको लागि असहज गरेको बताए ।
प्रदेश मानिय तथा पुर्ब मन्त्री वीर बहादुर शाहिले आफुले आफ्नो ठाउँ बाट पहल गरेकोले सबै लागि पर्न आबश्यक रहेको बताए । शाहिले पुल भाचिएको एक बर्ष हुदा पनि निर्माण कम्पनीले पुल निर्माण अहिलेसम्म नगर्दा अब कार्बाहिको प्रक्रिया आगडी बढाउन डोल्पाका प्रजिअ र सुरक्षा प्रमुखलाई निर्देशन गरे । अब रुप गार्ड पुल र त्रिबेणि पक्की पुलका निर्माण कम्पनिका जिम्मेवार ब्यक्तिलाई कार्बाही प्रक्रिया मा जान प्रजिअलाई दबाब दिएका छ्न । यस कार्यको लागि आफू लागि पर्ने र डोल्पाको पार्टि पनि लाग्ने बताए ।
संसद शाहिले भेरी करिडोरका पुल निर्माणका लागि मुख्य मन्त्री र सिर्ष नेताहरु संग परामर्श , स्थलगत अनुगम , र आबश्ययक पहलको लागि कर्णाली प्रदेश सरकार र जिम्मेवार सबैलाई काम प्रक्रिया अगाडी बढाउन पहल गरेको र आफू लागि परेको जानकारी गरे । भेरी करिडोर भित्र जिम्मा लगेका निर्माण कम्पनी र जिम्मेवार ब्यक्तिलाई काम काम जिम्मेवारी पूरा नगरेका र अटेर गरेकालाई कानुनी कटघरामा उभ्याएर भएनी काम गराउने चेतावनी दिएका छन ।