पुस १८,
डाेल्पा : नेपाल कम्युनिस्ट पार्टी (एमाले) डाेल्पाले राष्ट्रिय सभा सदस्यकाे लागि ३ जनाकाे नाम सिफारिस गरेकाे छ । पार्टीकाे छलफल पछि केन्द्रीय पार्टीको सर्कुलर अनुसार डाेल्पा जिल्लाबाट नेकपा एमालेले केन्द्रीय कमिटीलाई ३ जनाकाे नाम सिफारिस गरेकाे हाे । राष्ट्रिय सभा सदस्य उम्मेदवारकाे लागि डाेल्पाबाट प्रतिनिधित्व हुने गरि खुल्लाबाट बरिस्ठ नेता नर बहादुर बुढा, महिलामा केन्द्रीय सदस्य तथा पुर्व कर्णाली प्रदेश सभा सदस्य बद्मी क्वारा बोहोरा बुढा) दलितबाट प्रदेश कमिटी सदस्य गाेपाल बिश्वकर्मालाई सिफारिस गरिएको नेकपा एमाले डाेल्पाका अध्यक्ष शेर बहादुर बुढाले जानकारी दिएका छन । डाेल्पाबाट सिफारिस भएका उम्मेदवार जाेसुकै काेटाबाट छनाैट भएतापनि विवाद नहुने अध्यक्ष बुढाले बताए । राष्ट्रिय सभा निर्वाचनमा अपवित्र गठबन्धन संग एमाले नडराउने बुढाले बताए ।
राष्ट्रिय सभाकाे निर्वाचन आगामी माध ११ गते हुँदै छ । डाेल्पाबाट हाल सम्म नेकपा माओवादी केन्द्र र नेकपा एमालेले मात्रै सिफारिस गरेका छैन भने नेपाली काङ्ग्रेसले अझै टुङ्गो लगाएको छैन ।