सरोज थापा पौष १६,
डोल्पा : “शिक्षा, स्वास्थ्य, कृषी, रोजगार, पुर्वाधार र संचार मुड्केचुलाको दिगो विकाशको मुल आधार” भन्ने मुल नाराका साथ मुड्केचुला गाउँपालिकाको गाउँ सभाको १४औं अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ ।
मुड्केचुला गाउपालिकाका कर्मचारीहरु भनेको गाउँपालिकाको नीति तथा कार्यक्रम, प्रचलित कानून,नीति नियम र निर्देशिका अनुसार काम गर्ने र गराउने संयन्त्र भएको बताउदै कर्मचारिहरुलाई आ-आफ्नो ठाउँ बाट बौद्धिकताको साथ काम गर्न र जिम्मेवारी पूरा गर्न प्रमुख प्रशासकीय अधिकृत रेशम महाताराले निर्देशन गर्नुभयो । आफ्नो कार्यकालमा मुड्केचुला गाउपालिकाका जनप्रतिनिधि, कार्यपालिका र सभा सदस्यहरूले रचनात्मक सहयोग गर्दै आएकोले आफ्नो थप भूमिका जनअपेक्षाकृत र सुशासनमैत्री हुने बताए । स्तानिय तह भनेको जनताहरुको नजिकको सरकार भएको हुँदा कार्यालय समय बाहेक समेत फिल्डमै उपस्थित भैइ सेवा गर्न कुनै किसिमको कन्जुस्याई नगर्न समग्र कर्मचारी संयन्त्रलाई निर्देशन सहित स्वयम् आफैले पनि कन्ज्युसाई नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
गाउँसभाको १४ औं अधिवेशनमा पालिका अध्यक्ष दत्त बहादुर शाहिले यो आर्थिक वर्षमा गाउँपालिकालाई अत्यावश्यक र सेवा प्रवाहमा सहजीकरण गर्ने गरि २२ वटा स्थानीय ऐन कार्यविधि जारी गरिएको बताउनु भयो भने अहिलेसम्म जम्मा ६८ वटा ऐन तथा कार्यविधि मुड्केचुला गाउपालिकाले जारी गरेको अध्यक्ष शाहिले जानकारी गराउनु भयो । साथै गाउँपालिकाले १३ औं अधिवेशनमा जारी गरेका केही नीति तथा कार्यक्रमलाई संशोधन गर्दै थप योजना तथा कार्यक्रम लागू गर्दै गाउँसभाको १४ औं अधिवेशन सम्पन्न भएको जानकारी गराउनु भयो । आगामी दिनमा गाउँपालिकाको समग्र प्रशासनिक संयन्त्रलाई चुस्त दुरुस्त बनाउदै गाउँपालिकालाई समृद्ध बनाउन आ-आफ्नो स्थानबाट भूमिका खेल्न समग्र गाउँसभा सदस्यहरुलाई निर्देशन गर्नुभयो ।
कार्यक्रममा नियमित उपस्थिति, अनुशासन र आचरणको पालना, प्रचलित कानूनको कार्यनयन तथा अन्य जिम्मेवारीको प्रभावकारी कार्यसम्पादन गरेको आधारमा ७ जना कर्मचारीहरुलाई सम्मान गरिएको छ । जसमा सर्वोत्कृष्ट कर्मचारी तर्फ मुड्केचुला गाउँपालिका कर्मचारी धनराज रोकाया, शाखा प्रमुखतर्फ शिक्षा शाखा प्रमुख गोपाल बुढा ,स्वास्थय चौकीतर्फ युबराज बोहोरा, वडा सचिवतर्फ जनक खड्का, प्राबिधिक कर्मचारीतर्फ सन्जिब कुमार विस्वकर्मा, आधारभूत स्वास्थ्य सेवा केन्द्रतर्फ सिर्जना शाही र कार्यलय सहायोगी तर्फ सुर्य बोहोरालाई प्रमाणपत्र र नगद पुरस्कार सहित सम्मान गरिएको छ ।
मुड्केचुला गाउँसभाको १४ औं अधिवेशनमा गाउँसभाका सम्पूर्ण सदस्य सहित कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, पत्रकार तथा अन्य लक्षितवर्गका प्रतिनिधिहरुको उल्लेख भूमिका रहेको थियो ।