पुस १२ गते
डोल्पा : नेपाली काङ्ग्रेस त्रीपुरा सुन्दरी नगर समिति र प्रदेश (ख) ले गाउँ अभियान पछी बिहिवार पत्रकार सम्मेलन गरेको छ । त्रीपुरा सुन्दरी नगरपालिकाका ११ वडामा गरिएको नेपाली काङ्ग्रेस सुदृढीकरण अभियानबारे भएको गतिविधिबारे त्रीपुराकोटमा पत्रकार सम्मेलन गरेको हो । यहि मङ्सिर २७ गतेदेखि पुष १० गते सम्म त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रमा काँग्रेसको कार्यकर्ता घरदैलो तथा पार्टी सुदृढीकरण अभियानको संचालन भएको थियो ।प्रदेश (ख) काग्रेस समितिले संगठन सृढीकरण तथा पार्टी कार्यकर्ताको आचरण सुधारमा १४ औ दिन सम्म संचालन गरेको अभियानका क्रममा जनताहरुवाट उठाइएका सबाल र पार्टी नेतृत्वले खेलेको भुमिका र आगामी दिनमा काँग्रेसले खेल्ने राजनीतिक रणनीतिका सम्बन्धमा जानकारी दिन पत्रकार भेटघाट कार्यक्रम राखेको थियो ।
पत्रकार भेटघाट कार्यक्रममा कार्यक्रमको बारेमा जानकारी दिदै नेपाली काँग्रेस त्रिपुरासुन्दरी नगर सभापति टोपबहादुर शाहीले हल्ला गरिए जस्तो नेपाली काँग्रेसका कार्यकर्तामा विचलन नआएको,अभियानले अझै कार्यकर्ता एकता र संगठन सुदृढीकरणमा थप सहयोग पुर्याउने काम भएको बताए ।नेपाली काँग्रेस महासमिति सदस्य तथा तरुणदल केन्द्रिय सदस्य जयनन्द (जयस) उपाध्यायले १४ दिन सम्म संचालित पार्टी अभियानबाट नेपाली काँग्रेस कार्यकर्तामा हौसला थपेको बताए ।केन्द्रिय गठबन्धन सुत्रधार दलको निर्णय विपरीत स्थानीय तहमा नेकपा एमालेसंग गरिएको गठबन्धनलाई त्रिपुरासुन्दरी नगरपालिका नेतृत्वले हल्का रुपमा लिएको र गठबन्धनताका गरिएको भद्रसहमतिलाई पालना नगर्दा ठूलो समस्या सृजना भएको उल्लेख गरे ।
गठबन्धन सरकारको रुपमा काँग्रेसले त्रिपुरासुन्दरीमा नेकपा एमालेलाई दिएको समर्थन अनुरुप कार्यपालिकामा सहभागि सदस्यले सशक्तरुपमा आवाज उठाउन नसकेको केन्द्रिय सदस्य उपाध्यायको भनाई थियो ।गएको स्थानीय तह निर्वाचनमा त्रिपुरासुन्दरी नगरपालिकामा नगरप्रमुखका प्रत्यासी चन्द्रलाल धरालाले ३२ बुधे भद्र सहमतिका आधारमा टेकेर नेकपा एमालेका जनचन्द्र रोकाय नेतृत्वको स्थानीय कार्यपालिका सरकारसंग गठबन्धन गरिएको बताए
अभियानको क्रममा आफुहरु गाउँ गाउँमा पुग्दा नेकपा एमालेसंगको गठबन्धनले पार्टी संगठन सुदृढीकरणमा थप संकट थपेको गुनासो पाएको धरालाको भनाई थियो ।प्रत्येक वडाबाट नगर सरकारको समिक्षात्मक कार्य प्रगती प्राप्त भएकाले गुण र दोषको आधारमा सर्मथन र विरोधमा काँग्रेसले भूमिका खेल्ने धरालाले बताए ।नेपाली काँग्रेस कर्णाली प्रदेश निर्वाचन क्षेत्र(ख)का सभापति मोतिप्रसाद उपाध्यायले नगरमा काँग्रेसले दिएको समर्थनको भावना विपरीत नगरपालिका प्रमुख जनचन्द्र रोकायले हिडेकाले उनले गरेका विधिविधान विपरीतका कार्यमा रचनात्मक विरोध गर्न आवश्यक रहेको बताए ।
काँग्रेस कजोर भएर मौन बसेको नठान्न आग्रह गदै काँग्रेसको गठबन्धनमैत्री भाव कार्यलाई कमजोर ठाने त्रिपुरासुन्दरी नगरपालिका नेतृत्व जनचन्द्र रोकायले महंगो मुल्य चुकाउनु पर्ने समय आउने चेतावनी दिए त्रिपुरासुन्दरी काँग्रेस समितिले संचालन गरिएको अभियान विस्तारै अन्य नगर र पालिकामा समेत संचालन गरिने प्रदेश सभापति उपाध्यायले जानकारी दिए ।नेपाली काँग्रेस डोल्पामा गुटउपगुटले प्रशय पाइरहेको छ भन्ने संचारकर्मिको जिज्ञासामा त्रिपुरासुन्दरी नगरपालिकाबाटै गुटउपगुटको राजनीति अन्त्य गरेर अगाडि बढेको काँग्रेस कार्यकर्ताको भनाई थियो ।पहिलो चरणमा संचालन गरिएको पार्टी अभियान समापन कार्यक्रम तथा पत्रकार भेटघाट कार्यक्रममा जिल्ला पार्टी पुर्व उपसभापति नवराज शाहीलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
त्रिपुरासुन्दरी नगरपालिका कर्णाली प्रदेश निर्वाचन क्षे (ख)ले आयोजना गरेको कार्यक्रममा प्रदेश (ख)का पार्टी नेृतृत्व देखि बरिष्ठ कार्यकर्ता विभिन्न भातृसंगठनका प्रमुख तथा प्रतिनिधि शुभेच्छुक कार्यकर्ताको बाग्लो उपस्थिती रहेको थियो ।कार्यक्रममा प्रदेश (ख) समितिका उपसभापति नेत्रबहादुर डाँगीले कार्यकर्ता तथा संचारकर्मिलाई शुभकामना ध्न्यावाद मन्तब्य दिएका थिए ।
केन्द्रिय गठबन्धन सुत्रधार दलको निर्णय विपरीत स्थानीय तहमा नेकपा एमालेसंग गरिएको गठबन्धनलाई त्रिपुरासुन्दरी नगरपालिका नेतृत्वले हल्का रुपमा लिएको र गठबन्धनताका गरिएको भद्रसहमतिलाई पालना नगर्दा ठूलो समस्या सृजना भएको उल्लेख गरे ।गठबन्धन सरकारको रुपमा काँग्रेसले त्रिपुरासुन्दरीमा नेकपा एमालेलाई दिएको समर्थन अनुरुप कार्यपालिकामा सहभागि सदस्यले सशक्तरुपमा आवाज उठाउन नसकेको केन्द्रिय सदस्य उपाध्यायको भनाई थियो ।गएको स्थानीय तह निर्वाचनमा त्रिपुरासुन्दरी नगरपालिकामा नगरप्रमुखका प्रत्यासी चन्द्रलाल धरालाले ३२ बुधे भद्र सहमतिका आधारमा टेकेर नेकपा एमालेका जनचन्द्र रोकाय नेतृत्वको स्थानीय कार्यपालिका सरकारसंग गठबन्धन गरिएको बताए ।
अभियानको क्रममा आफुहरु गाउँ गाउँमा पुग्दा नेकपा एमालेसंगको गठबन्धनले पार्टी संगठन सुदृढीकरणमा थप संकट थपेको गुनासो पाएको धरालाको भनाई थियो ।प्रत्येक वडाबाट नगर सरकारको समिक्षात्मक कार्य प्रगती प्राप्त भएकाले गुण र दोषको आधारमा सर्मथन र विरोधमा काँग्रेसले भूमिका खेल्ने धरालाले बताए ।नेपाली काँग्रेस कर्णाली प्रदेश निर्वाचन क्षेत्र(ख)का सभापति मोतिप्रसाद उपाध्यायले नगरमा काँग्रेसले दिएको समर्थनको भावना विपरीत नगरपालिका प्रमुख जनचन्द्र रोकायले हिडेकाले उनले गरेका विधिविधान विपरीतका कार्यमा रचनात्मक विरोध गर्न आवश्यक रहेको बताए ।काँग्रेस कजोर भएर मौन बसेको नठान्न आग्रह गदै काँग्रेसको गठबन्धनमैत्री भाव कार्यलाई कमजोर ठाने त्रिपुरासुन्दरी नगरपालिका नेतृत्व जनचन्द्र रोकायले महंगो मुल्य चुकाउनु पर्ने समय आउने चेतावनी दिए ।