पौष ११ दुनै
डोल्पा : भिरालो बाटोबाट लडेर एक जनाको मृत्यु भएको छ । गएराती सदरमुकाम दुनै बजारट देखि तिप्ला गाउमा जाने बेलामा लडेर २८ बर्षका काबिर अन्सारीको मृत्यु भएको हो । मंगलबार राती करिब साढे ८ बजेको समयमा गाउँ जाने बेला भिरालो बाटोबाट लडेका अन्सारीको उपचारको क्रममामा जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकिले जानकारी दिए ।
डियसपी बिढाथोकिका अनुसार मृतक काबिर अन्सारी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरका भएको र हाल उनी कामको शिलसिलामा डोल्पामा बस्दै आएका थिए । २८ बर्षका काबिर अन्सारी ठुलिभेरी नगरपालिका ४ तिप्लामा काम गर्ने गरेका थिए । जाने क्रममा भिर बाटो बाट लडि मृत्यु भएको प्रहरीले बताएको छ । अन्सारीको शब जिल्ला अस्पतालमा राखिएको तर प्रहरी मुचुल्का भने हाल सम्म नगरिएको र घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ । अन्सारिको जिल्ला अस्पतालमा पोस्टमार्टम पछी आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ । यहि बाटोमा लडेर हालसम्म दुइजनाको मृत्यु भइ सकेको छ ।