पुस ०४
डाेल्पा : मुड्केचुला गाउँपालिका र जगदुल्ला गाउँपालिकामा जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडकाे द्वारा निर्माणधीन १०६ मेगावाटको जगदुल्ला अर्ध-जलाशययूक्त जलविद्युत आयाेजना निर्माणकार्यलाई लक्षित गरि त्रिवेणी देखि हार्डकटिङकाे काम सुरु गरिएको छ।
त्रिवेणी देखि हाइड्रोको पावर स्टेसन रहने ईल गाउँ सम्म बिचबिच भागमा सडक निर्माण यसअघिनै भैसकेको छ। त्रिवेणी देखि ईल सम्म विभिन्न स्थानमा कडा चटान भएकाे कारण ब्लास्टिङकाे लागि विभिन्न प्रक्रिया पूरा गरि यहि पुस ३ गते मंगलबार देखि सुरु भएको जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका कार्यकारी निर्देशक सञ्जय सापकोटाले बताए ।
निर्देशक सञ्जय सापकोटाकाका अनुसार जगदुल्ला हाइड्रोपावर सम्म सडमार्गकाे छिटो पहुँच पुर्याउनकाे लागि भिर ब्लास्टिङकाे काम भैरहेकाे साथै मुड्केचुला र जगदुल्ला गाउँपालिकाकाे विभिन्न ९ वटा स्थानमा बेलिब्रिज निर्माणकाे लागि स्थानीय सरकार संग समन्वय गरि कामकार्य केही समयमै सुरु गरिने जनाइएको छ।
त्रिवेणी देखि जगदुल्ला हाइड्रोपावर सम्मकाे ब्लास्टिङकाे जिम्मा शेर्पा हाइड्रो निर्माण कम्पनीले लिएकाे छ। हाल १०६ मेगावाटको जगदुल्ला अर्ध-जलाशययुक्त जलविद्युत आयाेजनाकाे पुर्व तयारीका कामहरु भैरहेको जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड कार्यालयले जनाएको छ । सडक निर्माणकार्य भएपछि हाइड्रो निर्माणकाे लागि संगै स्थानीय बासिन्दालाई पनि आवतजावतमा सहज हुनेछ।