महिलाको संस्थागत नेतृत्व बिकासमा मगर महिला संघको एकदिने प्रशिक्षण कार्यक्रम काईकेमा सम्पन्न ।

जैतुन अनलाइन | 2023-12-09

मंसिर २३,

काईके : डोल्पाको काईके गाउँपालिकामा पहिलो पटक मगर महिलाहरुले भेला गरेका छन  । महिलाको अधिकारका बारेमा चासो राख्दै काईके गाउँपालिका भरीका सयौ मगर महिलाहरु भलाभइ आफ्ना हकअधिकार बारे एकदिने प्रशिक्षणमा सहभागिता जनाएका हुन । काईके गाउँपालिकाको आर्थिक सहयोगमा काईके गाउँपालिकाको शहरतारा बगरमा गाउँपालिकाभरका महिलाहरुको आम भेलामा नेपाल मगर महिला संघ केन्द्रिय समितिको आयोजनामा  एक दिने प्रशिक्षण कार्यक्रम गरिएको हो ।

संस्थागत तथा नेतृत्व विकास सम्बन्धी एक दिने प्रशिक्षणमा हाल सम्म महिलाहरुले कुन कुन कुरामा महिलाका हक अधिकारबारेमा जानकारी पाए संघियतापछि महिलाहरुले कति प्रतिशत प्रतिनिधित्व पाए र जनजाती महिलाहरु कति अग्रणी भुमिकामा छन भन्नेबारे जानकारी दिनुका साथै महिलाहरुलाई अझै सशक्त बनाउन यो प्रशिक्षणको आयोजना गरिएको नेपाल मगर महिला संघ केन्द्रिय अध्यक्ष हिरु रानाले जानकारी दिनु भयो ।

डोल्पाको काईके गाउँपालिका सबैभन्दा धेरै मगर महिलाहरुको बाहुल्यता रहेको स्थानीयतह भएकोले यहाँको मगर संस्कृति संस्कार जोगाई राख्न र अन्य क्षेत्रमा समेत प्रचारप्रशार महिलाहरुले गर्न सक्ने भएकोले पनि यहाँका महिलाहरु बढि सक्षम बनाउन जरुरी रहेको बरिष्ट उपाध्यक्ष धन कुमारी रानाले दावी गरिन । काईके गाउँपालिकाका मगर महिलाहरुको रहन सहन तथा भेषभुषा मगर झल्कीने खालको रहको र भाषामा पनि मगर नै रहेको कारण मगरको बर्चस्व धेरै छ भन्नेमा कुनै आसंका नगर्न जिल्ला समन्वय समितिका उपप्रमुख तेजेन्द्र बहादुर बुढाले सबैलाई आग्रह गरे ।

बुढाका अनुसार हामीले भोलीका दिनमा नयाँ पुस्तालाई मगर संस्कार संस्कृति जोगाई राख्न जागरुक गराउनुपर्नेमा जोडदिनुपर्ने बताए । अन्य क्षेत्रका हिसाबले काईकेका मगर महिलाहरु हरेक क्षेत्रमा अग्रसर रहेको र यो प्रशिक्षणले झनै उर्जा थपेकाले आगामी दिनमा महिलाहरुले आफ्ना अधिकारका बारे धेरै चासो राखेर नेतृत्व तह सम्म पुग्नेमा बिश्वस्त रहेको काईके गाउँपालिका उपाध्यक्ष निमा बुढाले बताईन  ।

संस्थागत तथा नेतृत्व विकास सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रममा नेपाल मगर महिला संघ केन्द्रिय समिति अध्यक्ष हिरु रानाको अध्यक्षतामा काईके गाउँपालिका उपाध्यक्ष निमा बुढा प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख तेजेन्द्र बहादुर बुढा काईके गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत सम्झना पराजुली नेपाल मगर संघ केन्द्रीय उपाध्यक्ष धनकुमारी राना सांकृतिक उपाध्यक्ष फुर्वा रोकाया महासचिव मिना कुमारि घर्ति उपमहासचिव चित्रा श्रृस कोषाध्यक्ष सुधा राना  सदस्य केन्द्रिय सदस्य तेचेन बुढामगर नेपाल मगर संघ डोल्पा जिल्ला समिति सिता रानामगर सहित काईके गाउँपालिका वडा नम्बर १ देखी ७ सम्मका सयौँ मगर महिलाहरुको उपस्थिति रहेको थियो ।