जाजरकोटमा भुक्म्प पीडितका टहरा निर्माण गर्दै मुड्केचुलाको कार्यपालिका

जैतुन अनलाइन | 2023-12-08

मङ्सिर २२,

जाजरकोट : जाजरकोटमा भुकम्प पीडितलाई मलम लगाउदै छ डोल्पाको मुड्केचुला गाउपालिका परिवार । यतिबेला सिङ्गो कार्यपालिकाको टिम नै जाजरकोट नलगाड नगरपालिका ७ को चामेखेतका भुकम्प पीडितको बस्ने टहरा निर्माणमा जुटि रहेको छ ।

एक हप्तासम्म त्याहाका भुकम्प पिडितको न्यानो  बसोबासका लागि हाललाई मुड्केचुलाको कार्यपालिकाको टिमले अस्थायी टहरा निर्माण गरि सहयोग गर्ने गाउपालिका अध्यक्ष दत्त बहादुर शाहीले जानकारी दिए । अध्यक्ष शाहिका अनुसार लागत यतै नै भन्ने छैन एक साता सम्म जति अस्थायी टहरा निर्माण गरि त्रीपालमा बसेका नागरिकलाई टहरामा राख्न सकिन्छ त्यो काम गाउपालिकाले गर्नेछ ।

गाउँकार्यपालिकाको १३ जनाको टिम्ले क्षमता र सीप अनुसार अस्थायी टहरा निर्माण गरि भुकम्प प्रभावित नगरपालिका र वडा सरकारसङ्ग सहकार्य गरि पिडितलाइ न्यानो टहरा प्रदान गर्नेछ । अस्थायी टहरा निर्माणमा मुड्केचुलाको कार्यपालिका टिमसङ्गै डोल्पा प्रदेश ख का माननीय पुर्ब पर्यटन बन तथा वातावरण मन्त्री वीर बहादुर शाहिपनी जुटेका छन ।

२०८० साल कार्तिक १७ गते गएको भुकम्पले जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका रामिडाडालाइ केन्द्र बिन्दु बनाइ आयको भुकम्पले रुकुम पस्चीम को आठविसकोट न पा र जाजरकोट को नलगाड न पा मा डोल्पा देखि ने क पा माओबादि केन्द्र को टिम रुकुम पस्चीम र मुड्केचुला गा पा कार्यपालिका को टिम नलगाड वडा नं ७ चामखेतमा अस्थाई टहरा निर्माणको लागि पुगेर निर्माण कार्यमा जुटेको छ ।