नेपाली काँग्रेस डोल्पाको समिक्षा नेतृत्व बेवारिस बन्दा कार्यकर्ता छाडा

जैतुन अनलाइन | 2023-12-07

मङ्सिर  २१

डोल्पा : नेपाली काँग्रेस डोल्पाको नेतृत्व बेवारिस बन्दा जिल्लास्थित कार्यकर्ता छाडा बनेको एक कार्यक्रममा सहभागि कार्यकर्ताले बताएका छन ।
नेपाली काँग्रेस प्रेदश कार्यसमिति कर्णली प्रदेश क्षेत्र (ख)ले आयोजना गरेको बृहत्त समिक्षात्मक कार्यक्रममा सहभागि कार्यकर्ताले उक्त कुरा बताएका हुन ।
संघियता पछिको दोस्रो चरणको स्थानीय तथा संघ र प्रदेश निर्वाचन पछि पहिलो पटक प्रदेश (ख) सभापति मोतीप्रसाद उपाध्यायको अध्यक्षतामा समिक्षात्मक कार्यक्रम त्रिपुराकोटमा भएको हो ।नेपाली काँग्रेसलाई टिकट उपयोग गर्ने थलोको रुपमा लिने पार्टीको संस्थागत सुदृढीकरण लगायत संगठन विस्तारमा ध्यायन नदिने,निर्वाचनको समयमा जिल्लामा केन्द्रवाट टिकट ल्याएर आउने निर्वाचन सकिएपछि जिते पनि हारेपनि जिल्ला नफर्केने गरि काठमाण्डौमा रमाउने पुन चुनाव भयो भने फेरी टिकट ल्याएर काठमाण्डौमै हराउने नेतृत्वको कारण जिल्लामा पार्टी भएनभएको कार्यकर्तामा आभास सम्म नहुने गरेको बैठकमा सहभागि बरिष्ठ कार्यकर्ता गौरीशंकर उपाध्यायले बताए ।
नेपाल तरुणदलका केन्द्रिय सदस्य जयनन्द उपाध्याय(जयस)लेपार्टी भित्र गुटउपगुटले प्रशय पाइरहेको बताउदै यो अवस्था झाँगिदै गए जिल्लामा पार्टीले मिसन चौरासीमा ठूलो क्षेती ब्यहोर्नु पर्ने अवस्था नआउला भन्न नसकिने बताए ।
नगर कार्यसमिति प्रदेश समिति लगायत जिल्ला नेतृत्व र केन्द्रिय सदस्यको गतिविधि पार्टी स्थानीय र संघ प्रदेश निर्वाचनपछि निष्कृय जस्तै हुँदा पार्टी लथालिङ्ग अवस्थामा रहेकाले पार्टी भन्दा ब्यक्ति ठूलो नभएकोले सबैले सबै कार्यकर्ताको निर्वाचनमा विजय सुनिश्चित हुने गरी संगठन निर्माण विस्तार र सुदृढीकरण गर्नमा सबै लाग्नु पर्नेमा जोड दिए ।
त्रिपुरासुन्दरी नगरपालिकाको कार्यपालिका विधायिकामा सबैदलको स्पष्ट बहुमत नआइसकेको अवस्थामा नगर क्षेत्रका कार्यकर्ताको आवाजलाई सुनुवाई जिल्ला नेतृत्वले नगरी विपरित नेकपा एमालेसंग गठबन्धन गर्दा अहिले नेपाली काँग्रेसलाई नगरप्रमुख जनचन्द्र रोकायाबाट दुई पार्टी वीच गरिएको लिखत सम्झौता विपरित गतिविधि हुँदा समेत पार्टी मुखदर्शक भएर बसिरहेको पनि केन्द्रिय सदस्य उपाध्यायको भनाई थियो ।
जिल्ला समन्वय प्रमुख समेत रहेका नेपाली काँग्रेसका बरिष्ठ सदस्य श्यामबहादुर रोकायले पार्टी भित्र एकअर्का नेतृत्व र अगुवा कार्यकर्तालाई लान्छना आरोप प्रत्यारोप लगाई हिडिरहनु भन्दा सबैले आआफ्नो गल्ती कमजोरी कहाँनीर भयो भनेर ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी भित्र गम्भिररुपले समिक्षा गरी अगाडि बढ्नु आवश्यक रहेको बताए ।


नगरप्रमुखमा प्रत्यासी बनेर पराजय भोगेका चन्द्रलाल धरलाले आफ्नो पराजयको कारण पार्टी कार्यकर्ताको अन्तरघात नै प्रमुख रहेको बताए ।
उनले एकसाथ काम गर्ने विना विवादरहित जनतासामु जाने विकास निर्माण लगायत राजनीतिक नियुक्तीमा साठ्ठी चालिसको भागबण्डामा काम गर्ने भनेर नेकपा एमालेबाट निर्वाचित नगरप्रमुख जनचन्द्र रोकायसंग सम्झौता भएको बताए ।
नेपाली काँग्रेसलाई पेनाल्टी दिन,मेयरले आफुखुसी मनपरी काम गर्नका लागि काँग्रेस मुखदर्शक भएर बस्नलाई सम्झौता नभएकाले पार्टीबाट कार्यपालिमा सहभागि पार्संदहरुले पार्टी हितविपरितका निर्णयमा सशक्तरुपमा विरोध जनाउनु पर्ने मेयरको रबैया यस्तै कायम रहे पार्टीले कडा कदम चाल्नु पर्नेमा चन्द्रलाल धरलाले जोड दिए ।
शिक्षक संघको तर्फबाट पुर्णकेशर न्यौपानेले नेपाली काँग्रेसका कुनैपनि भातृसंगठन क्रियासिल नभएको संगठन नाजुक अवस्थामा रहेको पार्टीका केहि कलंकधारी कार्यकर्ता सानो तिनो उपभोक्ता समितिमा सिमित हुदै योजना हालेर कमिसन तन्त्रमा भरष्ट हुदै गएकाले पार्टी भित्र जिल्ला नेतृत्व केन्द्रिय सदस्यको भुमिका लगायत नगर प्रदेश र भातृसंगठनका नेतृत्वको पछिल्लो गतिविधि प्रति गम्भिर समिक्षा गरी पार्टीं सुदृढीकरण र संगठन विस्तार अभियानमा लाग्नु पर्नेमा जोड दिए ।
समिक्षात्मक कार्यक्रमको अध्यक्षता गरिरहेका प्रदेश (ख) सभापति मोतीप्रसाद उपाध्यायले नगर कार्यििमतिको बैठक बसालेर बृहत्त छलफल तथा समिक्षा गरेर मङ्सिर २७ बाट जिल्लाब्यापी पार्टीको संगठन सुदृढीकरण लगायतका अभियान संचालन गरिने बताए ।

समिक्षात्मक कार्यक्रममा जिल्ला पार्टी सभापति हिक्मत शाही नगर सभापति टोपबहादुर शाही विभिन्न समितिमा रहेका प्रतिनिधि काँग्रेसवाट निर्वाचित वडाअध्यक्ष पुर्व वडाअध्यक्ष लगायत अगुवा कार्यकर्ताको बाग्लो उपस्थिती रहेको थियो ।