मङ्सिर १८
सरोज थापा
डोल्पा : जिल्ला अदालत डोल्पाले पहिलो पटक न्यायमा पहुचको लागि समुदायमा अदालत भन्ने मुल मर्मका साथ कार्यक्रम सम्पन्न गरेको छ । डोल्पाको सदरमुकाम दुनैमा रहेको सरस्वती माबीमा बिध्यलयाका बिध्यार्थिहरु सङ्ग पहिलो पटक न्यायमा पहुचको लागि जिल्ला अदालतले कार्यक्रम गरेको प्रधानाध्यापक सत्य नारायण सिंहले बताउनु भयो ।
कार्यक्रम उपस्थित श्रीमान जिल्ला न्यायाधीश भोलानाथ ढकालले कार्यक्रमको मुख्य उदेश्य लगायत अदालत सम्म पुग्ने प्रक्रिया , उजुरी , न्याय र समाधान बारे जानकारी गराउनु भयो । भने नेपालको संबिधान , कानुनी दण्ड ,कसुर अनुसारको सजायको बारे थप बताउनु भयो । सोही कार्यक्रममा श्रेस्तादार श्री हरि गोपाल ज्ञावली र बैतनिक वकिल अनिता तिमिल्सिनाले अदालत , समुदाय , न्याय र पहुचको बारे प्रकाश पार्नु भएको थियो । बिध्यर्थिहरुले कानुनी अकर्मान्यतामा गरेका प्रश्नहरुमा जिल्ला अदालतका डोल्पाका जिम्मेवार निकाया बाट जवाफका साथ प्रष्ट पारिएको थियो ।
कार्यक्रममै नगरिक समाज डोल्पाका अध्यक्षले हाम्रो समुदाय या कुनै पनि ठाउमा गुपचुपमा भएका गलत कार्यको उजुरी र पीडितले न्याय पाउनको लागि प्रेरित गर्नु भयो । कार्यक्रममा ठुलिभेरि नगरपालिका उपप्रमुख श्रीमति छिरिङ्ग टोल्मा महत , जिल्ला प्रशासन कार्यलय डोल्पाका सायक सिडियो, प्रहरी प्रमुख , पत्रकार सरकारी वकिल लगाएत बिध्यार्थिहरु र शिक्षक हरुको उपस्थितिमा सरस्वती माबिमा सोमबार पहिलो पटक न्यायमा पहुचको लागि समुदायमा अदालत भन्ने कार्यक्रम सभ्य र प्रभाबकारी तरिकाले कार्यक्रम सम्पन्न भएको छ ।