जैतुन अनलाइन | 2023-11-26

मङ्सिर १०

डाेल्पा : डाेल्पामा आफैले चलाएको ट्याक्टर दुर्घटनाहुँदा एक जनाकाे मृत्युु भएको छ । लु २ त ५९१५ नम्बरको ट्याक्टर मकै लिएर दुनै आउने क्रममा ठुलीभेरी नगरपालिका वडा नं.९  स्थित माेतीपुरकाे चिमा भन्ने ठाउँमा राेकेकाे अवस्थामा न्युटलमा गई ट्याक्टरकाे चक्कामा किचिएर चालककाे मृत्युु भएको हाे ।

मृत्यु हुनेमा रुकुम पश्चिम आठबिसकाेट नगरपालिका वडा नं. ९ का २४ बर्षिया लक्की थापा रहेकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।
शनिबार राती ९:३० बजेतीर घटना भएकाे लगत्तै बेहाेस अवस्था का चालक थापालाई उद्वार गरिएकाे र उनकाे  जिल्ला अस्पताल डाेल्पामा उपचारको  क्रममा निधन भएकाे  डिएसपी बुढाथोकीले बताए ।