उधाेग दिवस मनाइयाे,हालसम्म डोल्पामा२१ सय उधाेग दर्ता

जैतुन अनलाइन | 2023-11-25

मङ्सिर ०९
लेख बुढा,
डाेल्पा: हिमाली जिल्ला डाेल्पाकाे सदरमुकाम दुनै बजारमा विभिन्न कार्यक्रम गरि नवाैं उधाेग दिवस मनाइएकाे छ। “स्वदेशी उत्पादन अभियान : उधमीकाे सम्मान” भन्ने मुल नाराकाे साथ उधाेग तथा उपभोक्ता हित संरक्षण कार्यालय डाेल्पाकाे आयाेजनामा,डाेल्पाका विभिन्न क्षेत्रका उधमी, विभिन्न निकायका प्रतिनिधिहरुकाे सहभागीतामा डाेल्पामा पनि उधाेग दिवस मनाईएकाे हाे ।
उधाेग दिवसकाे अवसरमा “स्वदेशी उत्पादन अभियान : उधमीकाे सम्मान” लगाएतका नारा सहित दुनै बजारमा र्याली गरिएको थियाे। कार्यक्रम डाेल्पामा उत्पादन भएकाे केही बस्तुहरु प्रर्दशन गरिएको थियाे । कृषकहरुका लागि आबश्यक कृषक मैत्री कार्यक्रम लागू गर्न स्थानीय कृषि उधमी रन्जित बाेहाेराले बताए । कृषकका हाैसला बढ्ने खालका कार्यक्रम संचालन गर्न उनले आग्रह गरेका छन ।
केही बर्ष यता डाेल्पामा हरेक क्षेत्रमा उधमीहरु बढ्दै गएकाे उधाेग बाणिज्य संघ डाेल्पाका अध्यक्ष लालिमान बुढाले बताए ।हरेक निकायले उत्पादन संगै बजारीकरणमा ध्यान दिन आबश्यक रहेकाे अध्यक्ष बुढाले बताए ।


डाेल्पा जिल्लामा रहेका हरेक निकायले असली कृषक उधमी पहिचान गरि कार्यक्रम तथा अनुदान वितरण गर्न ठुलीभेरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष भक्त बहादुर भण्डारीले बताए । जिल्लामा अनुदान लिने तर कार्यनयन नगर्ने प्रबृत्ति रहेकाे वडा अध्यक्ष भण्डारीले बताए ।
डाेल्पा जिल्ला पर्यटकीय क्षेत्रकाे मुख्य हब भएकाे हुदा उधमीहरुले लगानी मेहनत गरेकाे खण्डमा राम्राे आम्दानी लिन सक्ने डाेल्पाका प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले बताए । उधमी र उपभोक्ताकाे आबश्यकतालाई मध्यनजर गरि नियमन अनुगमन गरिने प्रजिअ दाहाले बताए ।
डाेल्पामा स्थानीय कृषक तथा उधमी द्वारा उत्पादित महंगो बस्तुहरुलाई प्रचारप्रसार तथा बजारीकरणकाे लागि हामी सबैकाे जिम्मेवारी रहेकाे जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाले बताए । उत्पादित बस्तुलाई बजारीकरण गर्न सके साेयम ब्यक्ति समुदाय जिल्ला र देशलाई फाईदा हुने प्रमुख राेकायाले बताए । कृषि तथा उधमी क्षेत्रमा लगानी गर्ने विभिन्न निकायले निगरानी पनि राख्न प्रमुख राेकायाले बताए । जिल्लामा कृषक कुन गैह्र कृषक काे भन्ने यकिन नगरी अनुदान तथा उपकरण वितरण हुदा पनि नतिजा नदेखिने समस्या देखिएकाे उनले बताए । डाेल्पामा उत्पादन भएकाे अर्गानिक बस्तुहरुलाई प्रचारप्रसार गर्न पनि प्रमुख राेकायाले आग्रह गरेका छन ।

उधाेग र उधमी विना देशकाे अर्थतन्त्रमा सकरात्मक दिशामा जान नसक्ने भन्दै ढुक्क संग उधाेग संचालन गर्न व्यवसायीहरुलाई उधाेग तथा उपभोक्ता हित संरक्षण कार्यालय डाेल्पाकाे प्रमुख सत्या बहादुर भण्डारीले बताए । कार्यक्रममा सहभागीलाई कार्यालय प्रमुख भण्डारीले चालू आ.व काे कार्यालयबाट संचालन हुने कार्यक्रमहरुकाे बारेमा जानकारी गराएका थिए । प्रमुख भण्डारीका अनुसार डाेल्पामा हाल सम्म २ हजार एक सय ९७ उधाेग दर्ता भएका छन ।