कार्तिक २४,
जाजरकोट : गएको १७ गते जाजरकोटको रामिडाँडामा केन्द्रबिन्दु भएर आएको भुकम्पले रुकुम र जाजरकोटमा ठुलो जनधनको क्षेति पुर्याएको छ । उक्त भुकम्पको कारण प्रभबित भएका नागरिकको लागि सिद्धार्थ होटेल ग्रुप,कर्णाली चेम्बर नेपाल चेम्बर र डोल्पा चेम्बरले राहात बितरण गरेका छन । रुकुम र जाजरकोटमा समान रुपमा राहात बितरण गरेको डोल्पा चेम्बरका अध्यक्ष लिलाराज रोकायाले जानकारी दिए ।
रोकायाका अनुसार खाना पकाउने कराई १ सय थान डेक्ची आल्मुनियम १ सय थान कचौरा स्टिल ४ सय थान गिलास स्टिल ४ सय थान गिलास स्टिल ४ सय थान पन्यु स्टिल १ सय थान थाली स्टिल ४ सय थान बाल्टी १ सय थान मग १ सय थान चामल २५ केजिको २५ सय केजि दाल २५ केजीको ३ सय ७५ केजी तेल तोरीको १ सय लिटर सिरक कपासको १ सय थान डसना कपासको १ सय थान र त्रिपाल १२ वाई १० को १ सय थान राहात जाजरकोटमा १ सय र रुकुममा १ सय गरि २ सय पिडित घरधुरीलाइ हस्तानतरण गरेको बताए ।
जाजरकोट र रुकुममा सोहि संख्यमा बितरण गर्दा करिव २० लाख बराबरको सामाग्री पिडितलाइ प्रदान गरिएको कर्णाली प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष तथा Siddhartha Business Group of Hospitality का अध्यक्ष लक्ष्मन न्यौपानेले जानकारी दिए । न्यौपानेले भने हामीले सके सम्म अत्यत्नै प्रभाबितलाई राहात पुग्ने गरी दिएका छौ यो पिडाको बेलामा राजनिति भन्दा माथि उठेर राहातमा बिभेद नगरिएको न्यौपानेको दाबी छ ।
भुकम्प प्रभावित क्षेत्र,जाजरकोट र रुकुमपश्चिममा राहत सामग्री लिएर नेपाल चेम्बर अफ कमर्स र कर्णाली प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष तथा Siddhartha Business Group of Hospitality का अध्यक्ष लक्ष्मन न्यौपाने , केशव न्यौपाने, योगराज कडेल शर्मा हरूको सहयोगार्थ बद्री कोइरला , सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्ष चिंतामणी शर्मा ,र डोल्पा चेम्बर अफ कमर्सका अध्यक्ष लिल राज रोकया को पहल मा जाजरकोट र पश्चिम रुकुममा राहात बितरण गरिएको हो ।