कार्तिक २३,
डोल्पा : छिमेकीलाई दुख पर्दा डोल्पाले पनि दुखेको घाउमा मलमपट्टि लगाउन पछि सरेको भने छैन । डोल्पाका सबै स्थानीय तहले जाजरकोट र रुकुममा भुकम्पबाट प्रभावित भएका छिमेकीका लागि राहत स्वरुप नगद सहयोग गरेका छन । डोल्पाबाट भुकम्म पिडितका लागि ८ वटा स्थानीयतहले स्वयछिक हिसाबले ३४ लख ५१ हजार १ सय ११ रकम राहत स्वरुप सहयोग गरेकाछन् । कार्तिक १७ गते शुक्रवार मध्यराती जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट ठुलो मानवीय क्षति ब्यहोरेका दुई जिल्लाका नागरिकको उद्धार,राहत र पुनःस्थापनाकालागि डोल्पाबाटका सबै स्थानीयतहले उक्त रकम सहयोग गरेकाहुन् ।
सबै भन्दा पहिला ठुलीभेरी नगरपालिकाका नगर प्रमुख सुवर्ण कुमार बुढा आफै प्रभावित जिल्ला जाजरकोट पुगेर ५ लाख नगद सहयोको घोषणा गरेका थिए । त्यसै गरी त्रिपुरा सुन्दरी नगरपालिकाले ७ लाख ५० हजार,जगदुल्ला गाउँपालिकाले ५ लाख ५१ हजार १ सय ११,मुड्केचुला गाउँपालिकाले ५ लाख, काईके गाउँपालिकाले ३ लाख,छार्का ताङसोङ गाउँपालिकाले ३ लाख,शे-फोक्सुण्डो गाउँपालिकाले ३ लाख र डोल्पोबुद्ध गाउँपालिकाले ३ लाख गरेर कुल ३४ लाख ५१ हजार १ सय ११ रुपैया सहयोग गर्ने बिज्ञप्ती सहित घोषणा गरेका हुन । काईके गाउँपालिकाले भने नगद रकम जाजरकोट जिल्ला प्रशासन कार्यालयको जिल्ला बिपत कोषमा जम्म गरि सकेको छ ।
कार्तिक १७ गते मध्यरातमा आएको भुक्म्पको कारण रुकुम र जाजरकोटमा सयौ नागरिकले ज्यान गुमाएका छन भने करोडौको क्षेति भएको छ । सरकारले राहातको घोषणा गरेपनि नागरिकले एक साता बिति सक्दा समेत राहात पाएका छैनन भने त्रिपाल भित्र खुला आकाश मुनी रात बिताइ रहेकाछन भुक्म्प पिडितले । भुक्म्पका कारण रुकुम र जाजरकोटमा ५६ जना पत्रकारको घर भत्कीएका छन भने १० वटा सञ्चारमाध्याममा क्षेति पुगेको छ । यस दुखको घडिमा पत्रकार र सञ्चारमाध्यामा परेको क्षेतिका लागी राहातको आवास्यकता रहेकोले सबै निकायले सहयोग गरिदिन भन्दै नेपाल पत्रकार महांसघं केन्द्रिय कार्यालले सबैलाई अनुरोध समेत गरेको छ ।