सांसद धन बहादुर बुढा द्वारा कर्मलाल र मीनाकाे उपचारका लागि ५० हजार सहयाेग

जैतुन अनलाइन | 2023-10-13

 लेख बुढा, असाेज २६,

दुनै :  डाेल्पा जिल्ला बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पुर्व पर्यटन राज्यमन्त्री धन बहादुर बुढाले प्रदेशकाे भुमि मलेसियामा उपचाररत डाेल्पाका एक युवा कर्मलाल बुढाकाे उपचारको लागि रु ३५ हजार नगद सहयाेग गरेका छन । प्रदेशकाे भुमिमा गएर परिश्रम गरी केही गर्छु भन्ने उदेश्य बाेकेका युवा बिरामी हुनु दुखद कुरा रहेकाे भन्दै आगामी दिनमा आबश्यक परेकाे खण्डमा थप उपचारकाे लागि विभिन्न निकाय संग पहल गर्ने सांसद बुढाले बताएका छन ।

बैदेशिक राेजगारीकाे सिलसिलामा मलेसिया पुगेका डाेल्पाका युवा कर्मलाल बुढा मलेसियाको एक अस्पातालमा उपचार गराई रहेका छन ।डाेल्पाकाे ठुलीभेरी नगरपालिका वडा नम्बर ६ का युवा कर्मलाल बुढा मलेसियामा बिरामी परेपछि मलेसियाकाे एक अस्पातालमा उपचार भई रहेको छ । क्रोनिक अल्सरले थला परेका कर्मलालको उपचारको क्रममा पैसा अभाब भएपछि उनको उपचारको लागी सहयाेग संकलन गर्न थालिएको छ ।

अस्पतालमा उपचारको लागि राखिएको भएपनि पैसा नभएको कारण उनको राम्रो उपचार हुन नसकेपछि परिवारले डोल्पामा उपचारको लागि सहयोग मागेका हुन ।  यसैबिच ठुलीभेरी नगरपालिका वडा नं. ६ कै बिरामी मिना कुमारी बुढालाइ सांसद बुढाले नगद रु १५ हजार रुपैया आर्थिक सहयाेग गरेका छन । बुवा,आमा गुमाएकी मिना कुमारी बुढा नेपालगन्ज स्थित एक अस्पतालमा उपचाररत छिन । आर्थिक अवस्था कम्जोर रहेकाेले उनकाे उपचारकाे लागि सहयाेग गरिएको हाे ।

प्रतिनिधि सभा सदस्य तथा पुर्व राज्यमन्त्री धन बहादुर बुढाले राजनितीक रुपमा तेराेमेराे नभनी डाेल्पाली जनतालाई सहयाेग गर्दै आईरहेका छन । सांसद बुढाले मासिक दुई लाख भन्दा बढि रकम दुख पिडामा परेका नागरिकलाई सहयाेग गर्ने गरेकाे सांसद बुढा निकट स्राेतले बताएको छ ।

बि.सं. २०७० सालकाे निर्वाचन पछि लगातार तीन पटक डाेल्पा जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हाल प्रतिनिधि सभा सदस्य सांसद बुढा बिरामी लगाएत विभिन्न समस्यामा परेका जाे काेही नागरिकलाई पनि सहयाेग गर्दै आईरहेका छन। बच्चा देखि बृद्वा सम्मलाई समान व्यवहार गर्ने लाेकप्रिय युवा नेता समेत रहेका सांसद बुढा डाेल्पाली जनताको एकलौटी साथ सपाेर्टले गर्दा विभिन्न समयमा केन्द्रीय स्तरमा पनि चर्चामा आउने गर्दछन ।