olux

बालविवाह बढ्नुको कारणा सामाजिक संस्कार र संस्कृतिकाे सहि सदुपयोग नहुनु हो – अध्यक्ष राेकाय

जैतुन अनलाइन | 2023-10-11

असाेज २४,

 डाेल्पा : जगदुल्ला गाउँपालिका अध्यक्ष नारासिं राेकायले सामाजिक संस्कार र संस्कृतिकाे सहि ब्यवस्थापन हुन नसक्दा बाल विवाहाले प्रसय पाईरहेकाे बताए ।हामी सबैकाे ऐक्यबद्धता वालविाहा विरुद्धको एकता सहितकाे प्रतिवद्दता भन्ने नाराका साथ बालविवाह अन्त्यको लागि रणनीतिक याेजना निमार्ण सम्बन्धि ३ दिने कार्याशालाकाे उद्घाटन गर्दै अध्यक्ष राेकायले उक्त कुरा बताएका हुन ।

गरिबी र चेतनाकाे कमिले मात्र नभई धेरै कारणले बालविवाह भईरहेकाे उल्लेख गर्दै आफ्नाे पालिकाले बालविवाह विरुद्धकाे धेरै कार्यक्रम संचालन गर्दै आईरहेपनि काननी प्रकृया नलैजादा बालविवाह न्युनिकरण हुन नसकेकाे अध्यक्ष राेकायले बताए ।बालविवाह न्युनीकरण सम्बन्धि रणनीतिक याेजना निर्माण गर्दा विशेष रुपमा गहिरिएर कार्याशालामा सहभागी वडाअध्यक्षहरुले सक्रियभई ब्यवस्थित दस्तावेज निर्माण गर्न आग्रह समेत अध्यक्ष राेकायले गरे ।

जगदुल्ला गाउँपालिकाकाे आयाेजना तथा बालविवाह विरुद्धकाे साझा अभियान जिल्ला सन्जाल डाेल्पाकाे समन्वय सहकार्य र साझेदारीमा भएकाे कार्याशालामा कार्यक्रमकाे विषय र उद्देश्यका बारेमा सहजिकरण गर्दै साझा सन्जाल अभियान संयाेजक रणबहादुर कार्कीले बालविवाह गर्नु कानुनी अपराध भएकाे,बालविवाहले बालिकाकाे शारीरिक मानसिक र बाैद्दिक रुपमा असर पुर्याउने गरेकाे बताए ।

बालविवाह न्युनीकरण राेकथाम र सराेकारवालाकाे भुमिकाका बारे प्रकाश पार्दै स्थानीय सरकारले बालविवाह विरुद्धका रचनात्मक कार्यक्रम ,र ब्यवस्थित रुपमा कानुनतः रणनीतिक याेजना बनाई कार्यान्वयन गर्नु आबश्यक रहेकाे पनि संयाेजक कार्कीले बताए ।कार्याशालाकाे उद्घाटन शत्रमा पालिका उपाध्यक्ष अमृता लामा निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसी छ वटै वडाका वडाअध्यक्षहरु स्वास्थ्य चाैकी ईन्चार्ज बालक्लब मा आबद्ध बालबा महिला समुहका प्रतिनिधि र सुरक्षा अधिकारीहरु समेतकाे उपस्थिति रहेकाे थियाे ।कार्यक्रम ३ दिन सम्म संचालन भई बालविवाह विरुद्धको रणनीतिक याेजना निर्माण गरि कार्यान्वयनमा ल्याईने आयाेजकले संस्थाले जनाएकाे छ ।