असोज २४,
डोल्पा : नेपाल प्रहरीको पिडित सहायता र ट्राफिक सपताहको सुभरम्भ गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालयमा एक कार्यकमका बिच यि दुबै कार्यक्रमको एकै साथ शुभारम्भ गरिएको हो । नेपाल प्रहरीको सुरक्षित कर्णाली प्रदेश अभियान अन्तरगत डोल्पामा पनि बुधबार पिडित सहायता र ट्राफिक सपताह कार्यक्रमको सुभरम्भ गरिएको छ । समाजमा बिभिन्न कारणले अन्यायमा परेका नागरिकले नेपाल प्रहरीकहाँ न्यायका लागि आउदा कानुनी सहायताका लागी सहज होस भनि नेपाल प्रहरीले पिडित सहायता कार्यक्रमको थालनी गरेको जिल्ला प्रहरी कार्यालय डोल्पामा प्रहरी नायव उपरिक्षक शिब बुढाथोकिले जानकारी दिए ।
डिएसपी बुढाथोकिका अनुसार नागरिकले न्यायको सहायता लिन प्रहरीकहाँ आई पुग्ने र पिडित प्रहरीकहाँ नपुग्दै बिचौलियाले पिडितलाइ बिभिन्न कारण देखाउदै आर्थिक चलखेल गरी पिडितलाई थप पिडित बनाउने गरेकोले त्यस्ता गलत कार्यबाट पिडित वा सामान्य नागरिकले जोगिउन भनेर नेपाल प्रहरीले कर्णाली प्रदेशमा पिडित सहायता कार्यक्रमको थालनी गरेको बताए । पिडितहरु न्यायको लागि नेपाल प्रहरी सम्म पुगेमा कुनैपनि दुख बिना कानुनी सहयताका लागी नेपाल प्रहरी हरदम तयार रहेको नेपाल प्रहरीको दाबी गरेको छ ।
ट्राफिक कार्यालय डोल्पाको आयोजनामा बुधबार नै ट्राफिक सप्ताह समेत शुभारम्म गरिएको छ । सड्क संजालमा जोडिएसँगै डोल्पामा ट्राफिक प्रहरीले आफ्ना नियमित कार्यक्रमहरुलाई तिब्रता दिएको छ । सवारी साधन चेकजाँच कारवाही सचेतनामुलक कार्यक्रम गर्न चालकलाइ प्रशिक्षण दिने जस्ता क्रियाकलाप ट्राफिक प्रहरीले गरि रहेको छ । डोल्पा सदरमुकाम दुनै देखी रुकुमको सिमा करोपगाड सम्म ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेपनि त्यो भन्दा तल्लो क्षेत्रमा चालकले मनपरी यात्रु चढाउने र भाडा समेत आफुखुसि लिने गरेकोले यसबारे गम्भीर भएर लाग्न ट्राफिक प्रहरीलाई नेपाली काँग्रेस डोल्पाका पार्टी सचिव हिक्मत बहादुर शाहीले आग्रह गरे ।
डोल्पामा चल्ने सवारि साधनको भाडादरमा एकरुपता नभएकोले भाडादरमा एकरुपता ल्याउनका साथै गलत गर्नेलाइ कार्वाही गर्न जिल्ला समन्वयका उपप्रमुख तेजेन्द्र बहादुर बुढाले आग्रह गरे । भुगोल ठुलो छ तर पनि नागरिकले यात्राका क्रममा दुख नपाउने गरि ट्राफिक ब्यावस्थापन र सवारी साधन चेकजाँच गर्न आवास्यक रहेकाे बुढाले बताए ।
भौगोलिक रुपमा डोल्पा ठुलो जिल्ला रहेकोले पनि यातायातको सुरक्षाका लागि अलि कठिन रहेको प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले बताए । प्रजिअ पोखरेलले भने हामीले भाडादर र सुरक्षा ब्यवस्थापनका लागि सक्दो प्रयास गरि रहेका छौ तर ट्राफिक प्रहरीको जनशक्ति कम छ सबै ठाउँमा सेवा मजबुद बनाउन सकिएको छैन । सड्क अनुमति दिने देखी सहज यात्राका लागी जिल्ला प्रशासनले गर्ने सबै कार्य गरेकोले यसमा राजनितिक दलको पनि सहयोगको आवास्यक्ता रहेको दाबी गरे ।
नेपालीहरुको महान चाड बिजया दशै र तिहार छट पर्वको सुरक्षाका लागी नेपाल प्रहरीले डोल्पामा १ सय ३ वटा स्थानमा प्रहरी परिचालन गर्ने भएको छ । डोल्पा जिल्लाभर १ सय ३ ठाउमा कुल ३ सय ४ जना प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक शिब बुढाथोकिले जानकारी दिए । डिएसपी बुढाथोकिका अनुसार नागरिकले ढुक्कसँग चाडवाड मनाउन पाउन भन्ने हेतुले सबै प्रहरी सुरक्षाका लागी परिचालन गरिने र दशै तिहार छट पर्वका बेलामा उच्च सुरक्षा ब्यवस्था मिलाइ समाजमा शान्ती अमनचयन राखिने बताए ।
नेपाल प्रहरीले डोल्पाका करिब ७ हजार भन्दा धेरै घरमा प्रहरीको स्टीकर टाँसि सकेकोले पनि अब नागरिकले गाउँघरमा कुनैपनि गलत क्रियाकलाप भएको अबस्थामा प्रहरीले घरमा टाासेको नम्बरमा फोन गरि प्रहरीलाई सहयोग गर्ने र अपराधिक क्रियाकलाप हुनबाट जोगाउनेमा बिश्वस्त रहेको डिएसपी बुढाथोकिको दाबी रहेको छ । डिएसपी बुडाथोकिले भने नागरिक समाज सञ्चारकर्मि राजितिनिक दल जनप्रतिनिधि सबैले साथ दिन जरुरी रहेको र शान्त सुरक्षित समाज बनाउन नेपाल प्रहरी लागी रहन्छ । भौगोलिक रुपमा ठुलो भएपनि डोल्पामा चाडवाड हाल सम्म अपृय घटनाहरु भने भएका छैनन ।