जिल्ला प्रशासन डोल्पाको चहलखेल,जिम्मेवारि एकातिर सेवा जिल्ला बाट

जैतुन अनलाइन | 2023-09-20

लेख बुढा असोज  ०३,
डोल्पा : जिल्ला प्रशासन कार्यालय डोल्पामा आन्तरिक रुपमा हचुवाको भरमा जिम्मेवारी बाडफाड गरेको पाईएको छ । प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोख्रेलको सिफारिसमा हचुवाको भरमा जिम्मेवारी बाडफाड गरेको पाईएको हो ।
प्रजिअ पोखरेलले सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञावलीलाई ईलाका प्रशासन कार्यालय ईलमा आर्थिक तथा प्रशासनिक कामकाजको लागि निमित्त कार्यालयको जिम्मेवारी दिएको पाईएको छ । जिल्ला प्रशासन कार्यालयको सहायक प्रजिअ दामोदर ज्ञावली गत चैत्र महिनामा डोल्पा सरुवा भएर आएका हुन ।
गृह मन्त्रालयको मिति २०८० साउन १४ गतेको चलानी नंम्बर ११८ को पत्रअनुसार प्रजिअ पोख्रेलले सहायक प्रजिअ ज्ञावलीलाई यहि गत साउन महिना देखि आर्थिक तथा प्रशासनिक कार्यको लागि सिफारिस गरेको पार्ईएको छ । ज्ञावली सहायक प्रजिअ हुदाहुदै पनि ईलाका प्रशासनमा आर्थिक र प्रशासनिक कार्यको लागि सिफारिस गर्नु, सहायक प्रजिअ ईलाका प्रशासनमा नजानु,अधिकृतलाई निमित्तको जिम्मेवारी दिनु, यता अर्को सहायक प्रजिअ नल्याउनुले प्रशासन कार्यालय डोल्पा प्रति प्रश्न चिन्ह् उठ्न थालेको छ ।
ईलाका प्रशासन कार्यालय ईल डोल्पाका निमित्त कार्यालय प्रमुख गोरख बहादुर शाही सरुवा नहुदै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञावलीलाई निमित्त कार्यालय प्रमुख बनाई आर्थिक तथा प्रशासनीक अधिकार दिएको पाईएको हाे । निमित्त कार्यालय प्रमुख शाही सरुवा नहुदै प्रजिअको सिफारिसमा सहायक प्रजिअलाई आर्थिक तथा प्रशासनीक अधिकार सहित निमित्त प्रमुखको जिम्मेवारी दिईएको हो ।
एक आन्तरिक स्रोतका अनुसार प्रजिअले प्रशासनको सम्पुर्ण आर्थिक हेरविचार गर्ने र सहायक प्रजिअले ईलाका प्रशासनको आर्थिक गविविधि हेरविचार गर्ने गरि हचुवाको भरमा जिम्मेवारी बाडफाड गरिएको बुझिएको छ । प्रजिअ नेतृत्व जिल्ला प्रशासन कार्यालयको हचुवाको भरमा जिम्मेवारी बाडफाडले नत कार्यालयमा कर्मचारी रहन्छन नत नागरिकले सहजै सेवा पाउछन भन्ने स्थानीयले गुनासो गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय देखि करिव ३० कोष टाढा मुड्केचुला गाउँपालिका वडा नं. ४ ईलमा इलाका प्रशासन कार्यालय रहेको छ । नागरिकता लगाएत विभिन्न सिफारिस वितरणको लागि ईलाका प्रशासान कार्यालय स्थापना गरिएता पनि उक्त क्षेत्रका नागरिकले सहजै सेवा पाउन सकेका छैनन् । मुड्केचुला र जगदुल्ला गाउँपालिकाका नागरिकको लागि स्थापना गरिएको ईलाका प्रशासन कार्यालय ईलबाट हाल सम्म केहि काम हुन सकेको छैन । उक्त भेगका नागरिक नागरिकता लगाएत विभिन्न सेवाको लागि करिब दुई दिनको यात्रामा सदरमुकाम दुनैमा रहेको जिल्ला प्रशासनमा पुग्ने गर्दछन ।
ईलाका प्रशासन कार्यालय ईलका निमित्त कार्यालय प्रमुख गोरख बहादुर शाही सरुवाको पहल गरिरहेकोले सहायक प्रजिअ ज्ञावलीलाई आर्थिक अधिकार सहितको निमित्त जिम्मेवारी दिईएको प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोख्रेलले बताए । प्रजिअ पोख्रेलले भने, निमित्त प्रमुख शाही सरुवा हुने कुरा गर्नुभयो । त्यहाँका कर्मचारीलाई तलबभत्ता खुवाउनको लागि सहायक सरको नाममा अधिकार दिईएको हो । अहिले ईलाका प्रशासन ईलमा ईन्टरनेटको सेवा सुविधा नहुदा कुनै काम हुदैन त्यसैले जिल्लाबाटै काम भैरहेको छ । प्रजिअ पाेख्रेलका अनुसार निमित्त ईलाका प्रशासन प्रमुख शाही सुब्बा भएकाे कारण सहायक प्रजिअलाई जिम्मेवारी दिईएकाे भनिएकाे छ । तर अधिकृतलाई जिम्मेवारी दिदा पनि निमित्त भनेर ताेक्दा झनै प्रश्न चिन्ह उठेकाे छ। ईलाका प्रशासनका शाही सरुवा भएता पनि अर्का सुब्बा हुदाहुदै पनि जिम्मेवारी सिधै हस्तक्षेप गर्नाले पनि प्रश्न चिन्ह उठेकाे हाे ।

उता निमित्त कार्यालय प्रमुख गोर्ख बहादुर शाही भने नत सरुवा भएका छन नत सवै जिम्मेवारी हस्ताणतरण गरेका छन । शाहीले रमना नलिदै प्रजिअको सिफारिसमा सहायक प्रजिअलाई आर्थिक सहितको जिम्मेवारी दिईएको हो । उता सहायक प्रजिअ ज्ञावली भने जिल्ला प्रशासन कार्यालयको दरबन्दीमा कामकाज गरिरहेका छन ।
ईलाका प्रशासनका निमित्त प्रमुख गाेरख बहादुर शाही सरुवाकाे प्रक्रियामा रहेता पनि हाल कुनैपनि ठाउँमा पदस्थापना नभएकाे कारण ईलाका प्रशासन बाटै कामकाज गरिरहेको बताए । शाहीले भने याे भन्दा पहिला आर्थिक र प्रशासनिक जिम्मेवारी मलाई थियाे म यहीँ कार्यालयमै छु एक्कासी सहायक सर लाई जिम्मेवारी दिईएकाे छ मलाई यसमा कुनै आपत्ति छैन । अधिकृतले नै सबै जिम्मेवारी पाई सकेपछि सबै लागेर ईलाका प्रशासन बाटै सबै कामकाज गर्ने गरि पहल गर्नुपर्छ ।
इलाका प्रशासन कार्यालय ईलका निमित्त प्रमुख तथा जिल्ला प्रशासन कार्यालय डाेल्पाका सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञावलीलाई यस बिषयमा बुझ्दा आफुलाई गृह मन्त्रालयले आर्थिक अधिकार सहितकाे ईलाका प्रशासन ईलमा जिम्मेवारी दिएकाे र पहिले कै जसरी जिल्ला प्रशासन कार्यालय बाट कामकाज हुने बताए छन । ईलाका प्रशासन ईलमा नेट ईन्टरनेटकाे सुविधा नभएकाे कारण जिल्लाबाटै कामकाज गरिने जानकारी दिए ।