संबिधान दिवसले थोरै छोएको डोल्पा

जैतुन अनलाइन | 2023-09-20

असोज ०३,
डोल्पा :  ९ औँ संबिधान दिवसले खासै उत्साह दिन सकेन । कार्यालय प्रमुख,सेना,प्रहरी र नेताहरुको न्युन उपस्थितिमा मनाइको संविधान दिवसमा जनताको भने उपस्थिति रहेन । २०७२ सालमा आजकै दिन जारी भएको नेपालको संविधानले ९ बर्ष पुरा गरेको छ ।देशभर संविधान दिवस मनाइ रहदा डोल्पामा पनि जिल्ला समन्वय समितिको अगुवाईमा संविधान दिवस सरसफाई,प्रभात फेरी नृत्य तथा भाषण र साँझ दिप प्रज्वलन गरेर मनाइएको छ ।

जनताको शुन्य उपस्थिति र कर्मचारीको न्युन सहभागितामा पनि ९ औँ संबिधान दिवसमा जनप्रतिनिधिहरुको उपस्थिति बाक्लै रहेको थियो ।
कणर्ाली प्रदेश सभा सदस्य माननीय शेर बहादुर बुढा देखी बिभिन्न वडाका वडा अध्यक्ष र सबै दलका नेताहरुको उपस्थितिमा भएको शुभकामना मन्तब्यमा नेताहरुले एकले अर्को दलका नेतालाइ आरोप प्रत्यारोप लगाउन भने पछि परेनन । संविधान बारे अनबिज्ञ जनता रहेको अबस्थामा सबै दलका नेताले अहिलेको संबिधान हाल सम्मकै उत्कृष्ठ रहेको दाबी गरे ।

शुभकामना मन्तब्य दिने क्रममा जनप्रतिनिधिले कर्मचारीको न्युन उपस्थितिले संविधान दिवसको खिल्ली कर्मचारीले गरेको समेत आरोप लगाए । डोल्पामा कर्मचारीले मनपरि गरेको र सरकारका मन्त्रीको आडमा कार्यालय प्रमुखले काम गरि रहेकोले समयमा सुध्रन कणर्ाली प्रदेश सभा सदस्य माननीय शेर बहादुर बुढाले कार्यालय प्रमुखलाई चेतावनी दिए । माननीय बुढाले भने आफुले कर्मचारी र कार्यालय प्रमुखलाइ कुनै हस्तक्षेप नगरेको तर जनताको सेवा रोकियो भने जस्तो पनि कमद चाल्ने र डोल्पाका सोझा जनताको फाइदा उठाएर भ्रष्ट गर्न कुनै कर्मचारीलाइ छुट नभएको बताए । ९ औँ संविधान दिवसमा सरस्वती माध्यामिक बिद्यालय,दुनै बोर्डिङका बालबालिकाले नृत्य प्रस्तुत गरेका थिए । हरेक नागरिकले संविधान बारे जान्नपर्ने र संबिधानको रक्षा सबैको कर्तब्य भएको जिल्ला समन्वय समिति प्रमुख श्याम बहादुर रोकायाले बताए ।

संबिधान दिबसकाे अवसरमा विभिन्न संस्कृतिक कार्यक्रम गरिएको थियाे भने सदरमुकाम दुनै बजार सरसफाइ गरिएको थियाे । सदरमुकाम दुनै बजारमा आयाेजित कार्यक्रम ठुलीभेरी नगरपालिका १ का वडा अध्यक्ष तेजेन्द्र बहादुर राेकाया, वडा नं. ३ का वडा अध्यक्ष भक्त बहादुर भण्डारी, गैरसरकारी महासंघ डाेल्पाका अध्यक्ष रण बहादुर कार्की,नागरिक समाज डाेल्पाका अध्यक्ष शेर बहादुर बुढा, नेकपा माओवादी केन्द्रका प्रतिनिधि ओमेन्द्र केसी,नेकपा एमाले डाेल्पाका सचिव लंक बहादुर राेकाया,नेपाली कांग्रेस डाेल्पाका सचिव हिक्मत बहादुर शाही,प्रमुख जिल्ला अधिकारी भुमिश्वर पाेख्रेल,ठुलीभेरी नगरपालिका डाेल्पाका नगर प्रमुख सुवर्ण कुमार बुढा,कर्णाली प्रदेश सभा सदस्य शेर बहादुर बुढा र जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाले संबिधान दिवसकाे अवसरमा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । जनता द्वारा निर्वाचित जनप्रतिनिधिले निर्माण गरेकाे संबिधान सबै राजनितिक दल,जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणले कार्यनयनमा जाेड दिनुपर्ने बताएका थिए । यस्तै संबिधान दिवसकाे अवसरमा सदरमुकाम दुनै बजारमा दिपप्रज्वलन गरिएको छ ।