सरस्वती माद्यामिक बिधालयका राना उत्कृष्ट शिक्षकमा पुरस्कृत

जैतुन अनलाइन | 2023-09-20

असोज ०३,
डाेल्पा : राष्ट्रिय शिक्षा दिवस २०८० अवसरमा डाेल्पाबाट शिक्षक भुपेन्द्र बहादुर राना उत्कृष्ट शिक्षक पुरस्कृत भएका छन । बि.सं. २०६१ साल देखि ठुलीभेरी नगरपालिका वडा नं. ३ दुनै बजारमा रहेकाे सरस्वती माध्यमिक बिधालयमा अध्यापन गर्दै आएका राना राष्ट्रिय शिक्षा दिवस २०८० अवसरमा डाेल्पाबाट उत्कृष्ट शिक्षक पुरस्कृत भएका हुन ।
सुर्खेत जिल्ला सिम्ता गाउँपालिका १ बाट बढैयाताल गाउँपालिका २ बर्दिया स्थायि ठेगाना भएका शिक्षक राना हाल सरस्वती माध्यामिक बिधालय दुनै डाेल्पामा निमावि द्वितीय श्रेणी शिक्षककाे रुपमा कार्यरत छन् । राष्ट्रिय शिक्षा दिवसकाे अवसरमा डाेल्पाबाट पुरस्कृत शिक्षक राना सबैका प्रिय कर्मशिल शिक्षकका रुपमा चिन्न सकिन्छ । शिक्षा मन्त्रालयले हरेक बर्ष राष्ट्रिय शिक्षा दिवसकाे अवसरमा विभिन्न जिल्लाबाट सिफारिस गरिएका शिक्षकहरुकाे कार्यसम्पादन मुल्यांकनकाे आधारमा उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गर्ने गर्दछ।