असोज ०३,
डाेल्पा : सरकारले सांसदमा पेश गरेकाे संघीय शिक्षा ऐन अहिलेकाे आबश्यकता रहेकाे नागरिक समाज डाेल्पाका अध्यक्ष शेर बहादुर बुढाले बताएका छ । नवाैं संविधान दिवसकाे अवसरमा सदरमुकाम दुनै बजारमा आयाेजित शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै अध्यक्ष बुढाले संघीय शिक्षा ऐन बिरुद्ध शिक्षकहरूले बिराेध गर्नु आबश्यकता नरहेको बताए ।
केहि शिक्षकहरु सरकारी नुनपानी खाएर कुनै न कुनै पार्टीको झण्डा बाेक्ने, राजनितीक आडमा एक दिनपनि बिधालय नगई तलबभत्ता खाने गरेकाे हुदा संघीय शिक्षा ऐन आबश्यक रहेका अध्यक्ष बुढाले बताए । नियमित कर्ममा रमाउने शिक्षकहरुकाे मागलाई सम्बाेधन गर्दै संघीय शिक्षा ऐेनमा भएका केही बुदालाई संसाेधन गरि ऐन ल्याउनु पर्ने उनले बताए ।
संघीय सांसदमा पेश भएकाे संघीय शिक्षा ऐन शिक्षकलाई मर्का पर्ने खालका केही बुदाहरु रहेकाे भन्दै आज देखि देशभरका बिधालयमा पठनपाठन ठप्प गरि शिक्षकहरुले आन्दोलनमा सुरु गरेका छन । डाेल्पामा पनि माग पूरा नभए सम्म सबै बिधालय बन्द हुने राष्ट्रिय शिक्षक महासंघ डाेल्पाले जनाएको छ ।