भदौ ३१,
डोल्पा : एक लाख रासिको भलिवल उपाधि अरनिको माबिले हात पारेको छ । काईके गाउँपालिका–६ बन्ठाडामा रहेकोे च्योमु छोर्तेन राम्नाईको चितुम पुनः निर्माणपछि उद्धघाटन राखिएको खेलकुदमा भलिवल तर्फ अरनिको माबिले उपाधी हात पारेको हो । बिभिध खेलुकद मध्य ठुलो नगद रासि भएको भलिवल खेलमा अरनिको माबि काईकेले प्रथम स्थान हाँसिल गरेको हो ।
मिलन युवा क्लब काईके २ लाइ पराजित गर्दै अरनिको माबिले नगद एक लाख रासि सहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेको काईके गाउँपालिका शिक्षा शाखाका प्रमुख गोबिन्द घर्तिले जानकारी दिए । शिक्षा प्रमुख घर्तिका अनुसार आईतबार भएको भलिवल खेलमा अरनिको माबि प्रथम मिलन युवा क्लब दोस्रो र प्रगतिशिल युवा क्लब काईके ४ ले तेस्रो स्थान हाँसिल गरेका छन । क्रमश एक लाख पचास हजार र २५ हजार नगद प्रमाणपत्र मेडल प्राप्त गरेका हुन ।
काईके गाउँपालिका–६ बन्ठाडामा रहेकोे च्योमु छोर्तेन राम्नाईको चितुम पुनः निर्माणपछि उद्धघाटन कार्यक्रममा साँस्कृतिक कार्यक्रम देखी खेलकुद र भाग्य चिठ्ठा समेत आयोजना गरिएको वडा नम्बर ६ का अध्यक्ष नरेन्द्र रोकायाले जानकारी दिए । वडा अध्यक्ष रोकायाका अनुसार अब सोमबार ठुलो रासिको भाग्य चिठ्ठा खोलीने बताए । भाग्य चिठ्ठामा सुनको औठी,घोडा,चाँदीको दियो लगाएतका ६० प्रकारका वस्तु उपलब्ध गराउईने छ ।