भदौ ३१,
डोल्पा : भुगोलले मात्रै ठुलो हैन डोल्पा प्राकृतिक सुन्दरताले पनि उति नै बिशाल छ । अनगिन्ती सेता हिमश्रृङ्खला सयौ ताल दर्जनाै धार्मिक तिर्थस्थल अनि सदियौ पुराना बौद्ध गुम्बाहरु रहेको जिल्ला हो डोल्पा । डोल्पा त्यसै हरेक क्षेत्रले ठुलो छ नै झनै प्रकृतिले पनि अनुपम सुन्दर उपहार प्रदान गर्न कुनै कशुर बाँकी राखेको छैन । डोल्पा भन्ने बित्तिकै दुर्गम हिमाली जिल्ला बिकट भन्ने मानशिक्ताको जालोले अझै छिचोल्न सकेको छैन नेपालीहरुलाई । बिश्वका नागरिकले डोल्पा चिन्ने मात्रै हैन जानी बुझि सकेपनि नेपालीहरुले भने डोल्पाको नाम सम्म पनि कुनै अर्को देशको जस्तै गरि बुझि रहेका छन ।
बिशाल भुगोल भित्रको माथिल्लो डोल्पाको त बयान सायदै कसैले सहजै गर्नै सक्दैन । जहाँ हजारौ बर्ष पुराना बौद्ध गुम्बाहरु उच्च हिमश्रृङ्खलाहरु सुन्दरा तालहरु र लोभै लाग्ने फाँटमा बसेका हिमाली बस्तीहरु जस्ले सहजै कसैकोपनि मन जिति दिन्छ । बौद्ध सँस्कृति रहेको माथिल्लो डोल्पामा लुकेकाे प्राकृतिक सुन्दरता द हिमालयन क्याराभान फिल्ममा बाहेक अन्त कतै देखाइएको पाईदैन । तर पछिल्लो सयम स्थानीय युवाहरुले भने माथिल्लो डोल्पाको अनुपम प्राकृतिक सुन्दरता र धर्म सँस्कृति चिनाउने प्रयास गरि रहेका छन । शे-फोक्सुण्डो गाउँपालिकाको कराँङ् देखी नेपालको सबै भन्दा पछि पत्ता लागेको कु गाउँ सम्म पुगेर शे-फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेमावाङछेन गुरुङ्गले कैद गरेका तस्बिर हेर्नुहोस :
माथिल्लो डोल्पाबारे थप जानकारी सहित अर्को अँशमा आउनेछौ ।
तस्विर : Pemma Wangchen Gurung