तिजमा महिलालाई साउण्ड सिस्टम वितरण

जैतुन अनलाइन | ३१ भाद्र २०८०, आईतवार

भदौ ३१ गते,

डोल्पा : हरितालिका तीजकाे अवसरमा ठुलिभेरी नगरपालिकाले महिला दिदिबहिनीहरुलाई साउण्ड सिस्टम वितरण गरेकाे छ ।तीज लगायतका मनाेरन्जनात्मक कार्यक्रमुमा प्रयाेग गर्न सहज हाेस र साउण्ड सिस्टमकाे अभावमा प्रताडित हुन नपराेस भनेर साउण्ड सिस्टम वितरण गरिएकाे नगरपालिकाले जनाएकाे छ ।एक कार्यक्रमका बिच नगरप्रमुख श्वबर्ण कुमार बुढाले साउण्ड सिस्टम वितरण गर्दै यसले महिलाहरुमा आफ्नाे प्रतिभाकाे विकास गराउन सजिलाे हुने आशा लिएकाे बताए ।नगर भित्रका विभिन्न वडाका महिलाहरुलाई ३० ओटा साउण्ड सिस्टम वितरण गरिएकाे नगरले जनाएकाे छ ।