लेख बुढा,भदौ ३०
डाेल्पा : जिल्ला अस्पताल दुनै डाेल्पामा ३ दिने निशुल्क माेतिबिन्दु शिविर संचालन भएकाे छ । ठुलीभेरी नगरपालिकाकाे आर्थिक सहयाेग,जिल्ला अस्पताल डाेल्पाकाे सहकार्यमा, सुर्खेत आँखा अस्पतालकाे प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाको आयोजनामा निशुल्क माेतिबिन्दु सल्यक्रिया शिविर संचालन गरिएको हाे । यही भदौ ३०,३१ र असाेज १ गते सम्म हुने निशुल्क माेतिबिन्दु शल्यक्रिया शिविर ठुलीभेरी नगरपालिका डाेल्पाका नगर प्रमुख शुवर्ण कुमार बुढाले उद्घाटन गरेका छन । उपचारमा सहभागी बिरामीलाई नगर प्रमुख बुढाले हतार नगरेर उपचार गर्न आग्रह गरेका थिए ।
नगरपालिकाले सामान्य नागरिककाे आबश्यकता लाई मध्यनजर गर्दै आगामी दिनमा विभिन्न किसिमका शिविर संचालन गरिने नगर प्रमुख बुढाले बताए । नेपाल रेडक्रस साेसाइटी डाेल्पा शाखाले विभिन्न निकाय संगकाे सहकार्यमा बिगतका बर्षहरुमा पनि विभिन्न ठाउँमा शिविर संचालन गरिएको र आगामी दिनमा पनि संचालन गरिने नेपाल रेडक्रस डाेल्पा शाखा उपसभापति लालीमान बुढाले बताए । विभिन्न स्थानीय तहकाे सहयाेग समन्वयमा सुर्खेत आँखा अस्पतालकाे प्राविधिक सहयोग डाेल्पाेबुद्व र काईकेमा निशुल्क माेतिबिन्दु सहितकाे आँखा शिविर सम्पन्न गरेकाे सुर्खेत आँखा अस्पतालका निर्देशक डाक्टर मनिष खतिवडाले बताए ।
यस अघि डाेल्पाेबुद्व गाउँपालिकामा ३४ जना र काईके गाउँपालिकामा ५२ जनाकाे माेतिबिन्दुकाे सल्यक्रिया गरेकाे डाक्टर खतिवडाले बताए । माथिल्लो डाेल्पा जस्ताे उच्च स्थानमा गएर सेवा गर्न पाउँदा खुसी लागेकाे उनले बताए । जिल्ला अस्पताल डाेल्पामा संचालित ३ दिने माेतिबिन्दु सल्यक्रिया शिविरमा ठुलीभेरी नगरपालिका भित्रका सबै वडाका नागरिक लगाएत अन्य स्थानबाट सहभागी बिरामीकाे चेकजाँच तथा सल्यक्रिया हुने नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा डाेल्पाका मन्त्री गाेरख बहादुर बुढाले जानकारी दिए ।