सुधारतिर स्वास्थ्य क्षेत्र केहि पालिकामा अझै छैन तथ्याङ्क

जैतुन अनलाइन | 2023-09-16

भदौ ३०,

डोल्पा : पछिल्लो समय डोल्पाको स्वास्थ्य अबस्था सुधारउन्मुख रहेको छ । आर्थिक बर्ष २०७६/०७७ देखी आर्थिक बर्ष २०७९/०८० साम्म आई पुग्दा डोल्पा जिल्लामा स्वास्थ्य क्षेत्र सुधारतिर रहेको रहेको पाईएको छ । स्वास्थ्य सेवा कार्यालय डोल्पाले शनिबार जिल्ला स्तरिय बार्षिक समिक्षा गोष्ठिमा प्रस्तुत गरेको तथ्याङ्कमा डोल्पामा स्वास्थ्य क्षेत्रका अबस्था सुधारोन्मुख रहेको दखाएको हो । आर्थकि बर्ष २०७९/०८० को स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरिय बार्षिक समिक्षामा समग्र जिल्लाको स्वास्थ्य क्षेत्रको अबस्था सुधारतिर रहेको तथ्याङ्क सार्वाजानिक गरिएको छ ।

यसै बर्ष पूर्ण खोप जिल्ला घोषणाको कारण पनि डोल्पाको स्वास्थ्य क्षेत्रको अबस्था सुधारतिर रहेका पाईन्छ । जिल्लाका ८ वटै स्थानीयतहमा स्वास्थ्य कार्यक्रममा भएका बिभिन्न क्रियाकलापको अनलाइन तथ्याङ्कका आधारमा जिल्ला स्तरिय बार्षकि समिक्षा गोष्ठी गरिएको हो । सोहि तथ्याङ्ककामा हेर्दा आर्थिक बर्ष २०७६ देखी आर्थिक बर्ष २०७९/०८० सम्म दुइृ पालिकाको तथ्याङ्क भने भेटिएको छैन । यो तिन आर्थिक बर्ष सम्म पनि निमोनियाको बिरामीको दर डोल्पोबुद्धमा छैन भने दक्ष स्वास्थ्यकर्मि/ प्रसुतिकर्मिबाट सेवा पाएका महिलाहरुको प्रतिशत छार्काताङसोङमा शुन्य रहेको छ ।

ईन्टरनेटको समस्या र तालिम प्राप्त जनशक्तिको अभाबको कारण पनि नगरपालिका तथा गाउँपालिकाबाट तथ्याङ्क समयमा नआउनु प्रमुख कारण भएकोले अब आउने बर्षमा सबै पालिकाहरुले सतप्रतिशत तथ्याङ्क अनलाईनमा राख्नेमा बिश्वसत रहेको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डाक्टर रत्नबिर सुनार दावी गरे । डाक्टर सुनारले भने तालिम पनि दिने छौ र अब सबै पालिकाका स्वास्थ्य प्रमुखले जिम्मेवार भएर नेपाल सरकारको सेवा लिए अनुसार काम पनि गर्नुपर्ने बेला भएको बताए । हामीले पाप गरे त्यसको फल सन्तानले भोग्ने भन्दै पेशामा कट्टिबद्ध हुन स्वास्थ्यकर्मिलाइ आग्रह पनि डाक्टर सुनारले गरे ।

स्वास्थ्य स‌स्थामा पाइने निशुल्कको औषधि बिरामीले निको भएर स्वास्थ्य स‌ँस्था र स्वास्थ्यकर्मिहरुप्रति बिश्वास हुने वातावरण बनाउनु पर्ने र स्वास्थ्यकर्मि आफैपनि सुध्रिन जरुरी रहेको प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले बताए । प्रजिअ पोखरेलले भने स्थानीय सरकारसँग काम गरि रहदा स्वास्थ्य क्षेत्रमा सुधार अनि नागरिकको सेवाका लागि योजना स्वास्थ्यकर्मिले नै बनाउन पर्ने भएकोले जिम्मेवार हुनपर्ने बताए । कर्मचारीलाइ काम गर्न कठिन भए सहजीकरण गरिने तर आफ्नो जिम्मेवारीबाट पञ्छिन नपाइनै भन्दै पेशामा निष्ठावान हुन प्रजिअले निर्देशन दिए ।

दुर्गममा काम गर्न त्यति हसज छैन तर पनि सबैले नागरिकलाइ सेवा दिन कुनै कसुर बाँकी नराख्न ठुलीभेरी नगरपालिकाका नगरप्रमुख श्ववर्ण कुमार बढाले सबैलाइ आग्रह गरे । नगरप्रमुख बुढाले भने स्थानीय सरकारले सकेको सहयोग साथ दिन्छ जनताको सेवामा लागि राख्नुस तर गलत गरे कसैलाइ पनि छुट नदिनै भन्दै चेतावनी समेत दिए । बुढाले भने कर्मचारी र नेताकै कारण बिकास भएन भष्टचार बढ्यो जनताले दुख पाए अब नेता र कर्माचारी सुध्रिन पर्छ ।

स्वास्थ्यकर्मि भगवानको दोस्रो रुप हो त्यसैले अति सम्मेबदनशिल क्षेत्रमा परेकाले स्वास्थ्यकर्मिको सोच फराकिलो हुन जरुरी रहेको जिल्ला समन्वय समिति प्रमुख श्याम बहादुर रोकायाले स्वास्थ्यकर्मिलाइ सुझाब दिए । प्रमुख रोकायले भने स्वास्थ्यकर्मिको पेशा नागरिकको दैनिकीसँग जोडिएको छ अन्य बिकास जस्तो सहज छैन । अकालमा कसैको ज्यान जान नपरोस तिनै तहको सकारले स्वास्थ्य क्षेत्रमा लगानीलाइ अझै बढवा दिएर जानुपर्ने बेला भएकोले सबै निकाय सम्बेदनशिल भएर जान पनि रोकायाले आग्रह गरे ।

डोल्पा जिल्लाको स्वास्थ्यको अबस्था सुधारतिर रहेको तथ्याङ्क भएपनि जिल्ला अस्पातलमै दक्ष र प्रयाप्त जनशक्ति छैन । खानेपानी छैन बिधुत छैन अस्पताल सम्म सड्क छैन समस्याले जेलि रहेको जिल्ला अस्पातलकै अबस्था हेर्दा गाउँगाउँपमा क्लीनिकले स्वास्थ्य  सेवा सहजै दिएको भने भन्ने कुनै आधार पनि छैन । समस्या नै समस्या रहेको जिल्ला अस्पतालमा भने पछिल्लो समय सुधारका प्रयास पनि भएका छन । हरेक शुक्रबार अस्पताल परिसर सरसफाई बृक्षारोपनका साथै जिल्लामा पुरुष बन्ध्याकरण पनि भएको । राज्यले डोल्पालाई हेर्ने नजर बदल्न जरुरी छ र दुर्गममा बसेर सेवा दिने स्वास्थ्यकर्मीलाइ कम क्षमतावान मान्ने सोच बदलेर स्वास्थ्य क्षेत्रमा लगानी बढाउन जरुरी रहेको छ ।