महादेब आधारभुत बिधालय नृत्यमा उत्कृष्ट

जैतुन अनलाइन | 2023-09-15

भदौ २९

डोल्पा : डोल्पामा पनि ५९ औं राष्ट्रिय बाल दिवस विविध कार्यक्रम गरि मनाइएको छ । बालबालिकामा लगानी: शुनिस्चित भबिश्यको थालनि भन्ने मुल नाराका साथ डोल्पा जिल्लाभर मनाइयो । कतै र्याली गरेर त कतै नचगान गरेर बाल दिवस मनाइएको हो ।

५९ औं राष्ट्रिय बाल दिवसमा जगदुल्ला गाउँपालिका महिला तथा बालबालिका शाखाले बिधाललाई नृत्य प्रस्तुत गर्न लगाएको थियो । सोही कार्यक्रममा महादेव आधारभुत बिधालय थापागाउ गाउँपालिका भरिमा उत्कृष्ट भएको छ । बाल दिवसमा बालबालिकाले नृत्य प्रस्तुत गर्दा महादेव आधारभूत बिधालय उत्कृष्ट न्याय प्रस्तुत गर्ने बिधालयमा परेको महादेव आधारभूत बिधालयका प्रधानाध्यापक हिरा बहादुर थापाले जानकारी दिदै खुसी व्यक्त गरे । प्रधानाध्यापक थापाले भने  बाल दिवसमा बालबालिकाले गरेको नृत्य  प्रदर्शनमा हाम्रो विद्यालय उत्कृष्ट हुन सफल भएको हुँदा सम्पुर्ण शिक्षक र विद्यार्थी भाइबहिनीलाई हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छु ।

गाउँपालिकाको राङ्गणमा पालिकाभरका बालबालिका भेला भएर भब्य रुपमा ५९ औं राष्ट्रिय बाल दिवस मनाएको महिला तहा बालबालिका शाखा प्रमुख सबिना बोहोरा रोकायाले जानकारी दिइन । उत्कृष्ट बालबालिकालाई र बिधालयलाई नगद सहित सम्मान गरेको छ । हरेक स्थानीय तहले बाल दिवस मनाए भने डोल्पासदरमुकाम दुनैमा सरोकारवाला निकाय सहित भब्य मनाइएको छ ।