नेकपा(एकीकृत समाजवादी)पार्टी डाेल्पा पाँचौ पुर्ण बैठक सम्पन्न

जैतुन अनलाइन | 2023-09-15

लेख बुढा, भदौ २९
डाेल्पा : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) डाेल्पाकाे पाँचौं पुर्ण बैठक सम्पन्न भएकाे छ । जिल्ला पार्टी अध्यक्ष छक्क बहादुर धरालाकाे अध्यक्षतामा,केन्द्रीय परिषद् सदस्य तथा डाेल्पा जिल्ला सह-ईन्चार्ज हरिप्रसाद डाँगीकाे प्रमुख आतिथ्यतामा,प्रदेश कमिटी सदस्यहरु,जिल्ला कमिटी सदस्य,विभिन्न भातृसंगठनका प्रतिनिधिहरुकाे सहभागीतामा शुक्रबार सदरमुकाम दुनै बजारमा पाँचाै पुर्ण बैठक सम्पन्न भएकाे हाे ।
बैठकमा शुभकामना दिदै एकीकृत समाजवादी पार्टीकाे उत्पति नीति,सिद्धान्तकाे बारेमा प्रदेश कमिटी सदस्य बबिकिशाेर गुरुङले जानकारी गराएका थिए । पार्टीका उपस्थित जिम्मेवार व्यक्तिहरुलाई गाउँ बस्ती स्तरमा संगठनिक गतिविधि सक्रिय रुपमा संचालन गर्न कार्यकर्तालाई गुरुङले आग्रह गरेका छन ।

डाेल्पामा जस्ले जस्ताेसुकै गफ लगाएपनि डाेल्पामा नेकपा एकीकृत समाजवादी पार्टी जिल्लामा पहिलाे पार्टीको रुपमा रहेकाे केन्द्रीय परिषद् सदस्य तथा डाेल्पा जिल्ला सह-इन्चार्ज हरिप्रसाद डाँगीले ठाेकुवा गरेका छन । संघीय संसद देखि जिल्ला समन्वय समिति उपप्रमुख, केही पालिका प्रमुख,उपप्रमुख,वडा अध्यक्ष,वडा सदस्य समेत निर्वाचित भएकाे हुदा जिल्लामा पहिलाे पार्टी भएकाे तर संगठन विस्तार गर्नुपर्ने आबश्यकता रहेकाे डाँगीले बताए । जिल्लामा विभिन्न आश्वासन दिएर भाषण गर्ने पार्टी प्रवेश गराउने र भ्रम फैलाउने काम भएकाे देख्दा भाेली तिनै ब्यक्तिकाे ठेगान नहुने उनले बताए । हरेक सुखदुःखमा जनताले समाजवादी पार्टी नै सम्झने भएकाे हुदा दिनप्रतिदिन पार्टीमा भित्रीने क्रम जारी रहेकाे सह-इन्चार्ज डाँगीले बताए ।

बैठकमा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी डाेल्पाका सचिव युवराज थकालीले जिल्लाकाे समग्र संगाठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस्तै पार्टीको राजनीतिक प्रतिवेदन पार्टी अध्यक्ष छक्क बहादुर धरालाले प्रस्तुत गरेका थिए । अन्य पार्टीले समाजवादी पार्टी आगामी दिनमा अरु पार्टी संग विलय हुने भन्ने भ्रम फैलाएर प्रचार भैरहेको अध्यक्ष धरालाले बताए । सरकारमा सहयात्री दलहरुले समाजवादी पार्टीलाई हेर्ने दृष्टिकोण विभेदकारी रहेकाे हुदा समाजवादी पार्टी सजिलै कुनै पनि दल संग एकता र माेर्चा गरेर नजाने अध्यक्ष धरालाले बताए । एकीकृत समाजवादी पार्टी आगामी दिनमा वडा देखि संघीय निर्वाचन सम्म जिल्लामा पहिलाे पार्टी हुने अध्यक्ष धरालाले दाबी गरेका छन । संगठन बिस्तारमा ध्यान दिन सबै नेता कार्यकर्तालाई उनले आग्रह गरेका छन ।


पाँचौ पुर्ण बैठकले अध्यक्ष र सचिवले प्रस्तुत गरेकाे राजनीतिक संगठनिक प्रतिवेदनमा छलफल गरि पास गरिएको छ। यस्तै विभिन्न स्थानीयका वडाहरुमा ईन्चार्ज ताेक्ने,विभिन्न कमिटीका पदाधिकारीले तिर्ने लेबीका बिषयमा र पार्टीबाट निर्बाचित जनप्रतिनिधिहरुले एक महिनाकाे पारिश्रमिक दिने, आगामी कार्तिक मसान्तभित्र सबै ठाउमा पार्टी सदस्यता र संगठनिक सदस्यता वितरण गरि सक्ने लगाएतका बिषयमा छलफल भएकाे नेकपा एकीकृत समाजवादी पार्टी डाेल्पाका पार्टी उपसचिव गाेबिन्द बुढाले जानकारी दिए ।