कालोपट्टि बाँधेर बिरोध जनाए डोल्पाका चिकित्सकले

जैतुन अनलाइन | 2023-09-15

भदौ २९,

डोल्पा : जिल्ला अस्पताल डोल्पाका चिकित्सकले कालो पट्टी बाँधेर बिरोध जनाएका छन । हेटौंडामा डाक्टर माथि भएको सांघातिक र अमानविय घटनाको बिरोध स्वरूप स्वास्थ्य सेवा कार्यालय डोल्पा अस्पतालमा कालो पट्टी बाधेर बिरोध जनाएका हुन । एक चिकित्सक माथि द्रुब्यबहार गर्नु भनेको सिँगो चिकित्सक माथिको साँघातिक र अमानवीय क्रियाकलाप भएकोले  न्यायिक समाधान र दोषीलाई कडा कारबाही नभएसम्म आगामी दिनमा नयाँ ढंगले आन्दोलनको स्वरुप बदल्ने स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डाक्टर रत्नबिर सुनारले बताए ।

ज्यानै जोखिममा राखेर आप्नो कर्तब्यमा लागि रहेका चिकित्सक माथि अमानवीय ब्यबहार गर्नु सामान्य नरहेको र भोलीका दिनमा यसरिनै चिकित्सक माथि हमाला हुने मात्रै नभएर ज्यानै जोखिममा पर्ने स‌केत रहेको भन्दै डोल्पाका चिकित्सकले पनि हातमा कालो पट्टि बाँधेर घटनाको बिरोध गरेको डाक्टर सुनारले जानकारी दिए । बिरोधमा चिकित्सकले उपचार माग्नुहोस ज्यानको ग्यारेन्टी हैन,बहिरो सरकार अन्धो प्रशासन,नैतिकताको ठेकेदार डाक्टर मात्रै किन? चित्त नबुझे कानुनी उपचार खोज आक्रमन नगर लेखिएका प्लेकार्ड बोकेर बिरोध गरेका छन । तत्काल दोषि उपर कारवाही नभए आन्दोलनको स्वरुप बदलेर जाने चिकित्सकको चेतावनी रहेको छ ।