आदर्श माबिको ४१ औँ बार्षिक उत्सब सम्पन्न

जैतुन अनलाइन | 2023-09-15

भदौ २९, 

डोल्पा : आदर्श माध्यामिक बिधालय जुफालको बार्षिक उत्सब सम्पन्न भएको छ । बिधालयले स्थापना दिवसको अबसरमा ४१औँ बार्षिक उत्सब भब्यरुपमा मनाएको छ । भदौ २४ गते देखी बिभिद कार्यक्रमका साथ उद्धघाटन भएको आदर्श माध्यामिक बिधालयको ४१ औ वार्षिक उत्सव तथा अभिभावक दिवस ५ दिन सम्म चलि रहदा निकै हर्ष उल्लास रहेको आदर्श माध्यामिक बिधालयका प्राधानाध्यापक बालकृष्ण डाँगीले जानकारी दिए । प्रअ डाँगीले भने २४ गतेदेखी २९ गते सम्म बिधालयमा अन्तरसदनात्मक खेलुद लगायत अन्य सबै शैक्षिक क्रियाकलपहरु गरि मनाउदा बालबालिका मात्रै नभएर अभिभाबक समेत हर्षित रहेको दावी गरे ।

प्राबिधिक धार सहितको अध्ययन अध्यापन हुने आदर्श माध्यामिक बिधालयमा सयौ बालवालिकाले अध्ययन गरि रहेका छन । बिधालयको ४१ औ वार्षिक उत्सव तथा अभिभावक दिवसको अन्तिम दिन ४ दिन सम्म भएका सबै क्रियाकलापहरुको पुरस्कार बितरण गरियो भने समापन कार्यक्रममा राखिएको फाइनल भलिवल खेलको उद्धघाटन जिल्ला समन्वय प्रमुख श्याम बहादुर रोकायाले गरे । कार्यक्रममा बिभिन्न नृत्य बालवालिकाका बिचार प्रस्तुत गरिनुका साथै प्राबिधिक धारका बालबालिकाले बनाएका कला समेत प्रदर्शन गरिएको थियो ।

बिधालयमा पढाई सँगसगै अन्य अतिरिक्त क्रियाकलाप गर्नु बालवालिकाको पढाईमा उर्जा प्रदान गर्नु रहेकोले बिधार्थिले अनुशासनमा समेत ध्यान दिनपर्ने उपस्थित बुद्धिजिवीहरुको बालवालिकालाई आग्रह गरे । बिधालय देश निर्माणको अत्यन्तै महत्वपूर्ण पाठशाला रहेकोले सबै निकायले गम्भिरतापूर्वक सोचेर दुर्गममा रहेका बालवालिकालाई पनि शहरमा प्रतिस्प्रधा गराउन सकिनेमा अभिभाबकको जोड रहेको छ । कार्यक्रममा जिल्ला समन्वय प्रमुख श्याम बहादुर रोकाया  नगर प्रमुख श्ववर्ण कुमार बुढा शिक्षा बिकास तथा समन्वय इकाई निमित्त प्रमुख सहित जनप्रतिनिधि र बिभिन्न बिधालयका प्रतिनिधिका साथै अभिभाबकहरुको उपस्थिति रहेको थियो ।