भदौ २९,
डाेल्पा : डाेल्पाकाे काईके गाउँपालिमा ५२ जनालाई माेतिबिन्दु रोगको शल्यक्रिया गरिएको छ ।काईके गाउँपालिकाको शहरतारा बगरमा दुई दिने निशुल्क आँखा शिविर सञ्चालन गरेर गाँउपालिका भित्रका मोतिबिन्दु रोगका बिरामीको शल्यक्रिय भएको गाउँपालिका नाम्दो स्वास्थ्य चौकिले जानकारी दिएको छ । काईके गाउँपालिकाकाे आर्थिक सहयाेगमा, नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पताल, तेज काेहाेली एण्ड रुइत फाउन्डेसनकाे प्राविधिक सहयोगमा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाको आयोजनामा यही भदौ २६ र २७ गते शल्यक्रिया सहितको आँखा शिविर संचालन गरिएको थियाे ।
यस अघि काईके गाउँपालिकाका बिभिन्न ८ वटा स्थानहरूमा प्राथमिक आँखा उपचार तथा नि:शुल्क औषधि वितरण गरि मोतिबिन्दु भएका बिरामीको छनोट शिविर संचालन गरिएको थियाे । काईकेकाे अरनिको साधारण तथा प्राविधिक माध्यामिक विद्यालय शहरतारा बगरमा संचालन भएकाे दुईदिने आँखा शिविरमा ५२ जनाकाे माेतिविन्दुका भएका बिरामीको सल्यक्रिया गरिएको नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा डाेल्पाका सदस्य चन्द्र बुढाले बताए ।
गाउँपालिका भित्रका विभिन्न ठाउँका ५२ जनाकाे माेतिविन्दुकाे सफल सल्यक्रिया गरिएको र अन्यलाई सामान्य चेकजाँच गरि औषधी वितरण गरिएको सदस्य बुढाले जानकारी दिए । घर आगनमै आखाकाे उपचार गर्न पाउँदा स्थानीयले खुसी ब्यक्त गरेकाे नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा डाेल्पाका मन्त्री गाेरख बहादुर बुढाले बताए । काईके गाउँपालिकामा सल्यक्रिया सहितकाे आँखा शिविर संचालन गर्न समन्वयकारी भुमिका खेल्ने सम्पूर्ण निकायलाई काईके गाउँपालिका डाेल्पाका अध्यक्ष अंगद कुमार रानाले धन्यवाद ब्यक्त गरेका छन ।