लेख बुढा, भदौ २७,
डाेल्पा : ठुलीभेरी नगरपालिका वडा नं. १० परिलाकाे कर्णाली आधारभूत विधालयले ४९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरि मनाएकाे छ । बि.सं. २०३१ सालमा स्थापना भएकाे उक्त बिधालयमा कक्षा १-५ अध्ययन अध्यापन भैरहेकाे छ । बुधबार बिधालय ब्यबस्थापन समितिका अध्यक्ष भाेगेन्द्र प्रसाद महतकाे अध्यक्षतामा ठुलीभेरी नगरपालिका डाेल्पाका नगर प्रमुख सुवर्ण कुमार बुढाकाे प्रमुख अतिथ्यतामा र बिशेष अतिथिमा ठुलीभेरी नगरपालिका उपप्रमुख छिरिङ टाेल्मा महतकाे,सामाजिक विकास कार्यालय डाेल्पाका कार्यालय प्रमुख धन बहादुर शाही,ठुलीभेरी नगरपालिका शिक्षा शाखा प्रमुख कमल बुढा लगाएतकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे छ ।
केही बर्ष पहिले कर्णाली आधारभूत बिधालय जिल्लाकै नराम्रो भनी उदाहरण दिने दिन भएकाे सम्झदै आगामी दिनमा नमुना बिधालय बनाएर लैजाने शिक्षा प्रेमी विशाल कार्कीले बताए । हिजाे कस्ताे थियाे र आज कस्ताे छ भन्ने यस बिधालयकाे बार्षिक उत्सव कार्यक्रमबाटै मुल्यांकन गर्न सकिने कार्कीले बताए । सामुदायिक बिधालयलाई कुनै पनि राजनितीक प्रभाव नपारी सुधार गर्न आबश्यक रहेकाे सामाजिक बिकास कार्यालय डाेल्पाका प्रमुख धन बहादुर शाहीले बताए । कर्णाली आधारभूत बिधालय परिलाकाे ४९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस अवसरमा शुभकामना दिदै कार्यालय प्रमुख शाहीले अभिभावक,शिक्षक,व्यवस्थापन समितिले आफ्नै विधालयलाई आफ्नै ठानेर लगानी गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्न सबैलाई आग्रह गरेका छन ।
उक्त बिधालयकाे शैक्षिक सुधार हुँदै गएकाेमा शाहीले खुसी ब्यक्त गरेका छन । सामुदायिक बिधालयलाई सुधार गर्दै बालबालिकालाई अभिभावक संगै राखेर नजिकैकाे सामुदायिक बिधालयमा अध्ययन गराउन ठुलीभेरी नगरपालिका वडा नं. का वडा अध्यक्ष हर्षरुप महतले बताए । निजि बिधालयहरु केही समयकाे रमझम भएपनि पछि सामुदायिक बिधालयमा भर्ना गर्ने हाम्राे समाजमा भैरहेकाे हुदा सामुदायिक बिधालयलाई पहिलाे प्रथामिकता राखेर सुधार गर्दै जानुपर्ने आबश्यक रहेकाे वडा अध्यक्ष महतकाे भनाइ छ ।
कर्णाली आधारभूत विधालयकाे ४९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसकाे अवसरमा शुभकामना दिदै ठुलीभेरी नगरपालिका भित्रका सामुदायिक बिधालयमा शैक्षिक सुधारका कार्यक्रम संचालन गरिने ठुलीभेरी नगरपालिका डाेल्पाका नगर प्रमुख सुवर्ण कुमार बुढाले बताए । बिधालयकाे भवन बन्नु मात्र ठुलाे कुरा नभएको हुदा भवन भित्र बालबालिकाले पाउने शैक्षिक गुणस्तर,नियमित बाल सहभागीतालाई ध्यान दिनुपर्ने नगर प्रमुख बुढाले जाेड दिए ।