भदौ २६,
डोल्पा : डाेल्पाकाे काईके गाउँपालिका शहरतारा बगरमा दुई दिने आँखा शिविर सुरु भएकाे छ । काईके गाउँपालिकाकाे आर्थिक सहयाेगमा, नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोगमा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाको आयोजनामा शल्यक्रिया सहितको आँखा शिविर संचालन गरिएको हाे ।
यस अघि काईके गाउँपालिकाका बिभिन्न ८ वटा स्थानहरूमा प्राथमिक आँखा उपचार तथा नि:शुल्क औषधि वितरण गरि मोतिबिन्दु भएका बिरामीको छनोट शिविर संचालन गरिएको थियाे । काईकेकाे अरनिको साधारण तथा प्राविधिक माध्यामिक विद्यालय शहरतारा बगरमा संचालन भएकाे दुईदिने आँखा शिविरमा पहिलो दिन आज ३० जनाकाे माेतिविन्दुकाे शल्यक्रिया गरिएको नेपाल रेडक्रस साेसाईटी डाेल्पा शाखा सदस्य चन्द्र बुढाले जानकारी दिए । सदस्य बुढाका अनुसार ३५ जनाकाे सामान्य चेकजाँच गरिएको छ भने छिमेकी पालिका छार्काताङसाेङ गाउँपालिकाका स्थानीय २ जनाले माेतिविन्दुकाे शल्यक्रिया गरेका छन ।
गाउँ घरमै अनुभवी नेत्र विशेषज्ञ डाक्टरहरु द्वारा माेतिविन्दुकाे शल्यक्रिया गर्न पाउँदा स्थानीय बृद्वबृदाले खुसी ब्यक्त गरेकाे नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा डाेल्पाका मन्त्री गाेरख बहादुर बुढाले बताए । यसैबीच काईके गाउँपालिका शहरतारा बगरमा संचालन गरिएकाे माेतिविन्दुकाे शल्यक्रिया तथा आँखा शिविरमा सहभागी बृदबृद्वालाई गाउँपालिका अध्यक्ष अंगद कुमार रानाले हर्लिस वितरण गरेका छन ।
आखाकाे शल्यक्रिया पछि कम्जोरकाे महसुस नगरुन भन्ने उदेश्यले बृद्वबृदाहरुलाई गाउँपालिका अध्यक्ष रानाले हर्लिस वितरण गरेकाे काईके गाउँपालिका वडा नं. ७ का वडा सदस्य प्रकाश झाक्रीले जानकारी दिए । निशुल्क शल्यक्रिया सहितकाे आाखा शिविर शहरतारा बगरमा भाेलि पनि संचालन हुने छ ।